गत शनिबार लाठपन्चर उच्चतर माध्यमिक विधालयमा अल बेंगाल बुद्धिष्ट डेभ्लोपमेन्ट कमिटिको सभा सभापति धनसिंह लामाको अध्यक्षतामा सम्पन्न भयो | प्रतिनिधिवर्गलाई खदार्पण संगै सभाको औचित्य प्रकाश बोम्जनले बताए भने आयोजकको तर्फबाट कल्पना जिम्बाले स्वागत जनाए | टाँसी मेन्ल्मबाट शुरु भएको सभामा संगठन अध्यक्ष जम्बु लामाले भगवान बुद्ध एक सर्वसिद्ध मनोवैज्ञानिक रहेको बताउंदै हालै जेनेभामा बौद्ध धर्मलाई संसारकै सर्वश्रेष्ठ धर्म घोषित भएको जानकारी गराए साथै यस संगठन कसरी भयो भन्ने विषयमा विस्तृत जानकारी दिए | छोटो समयमा नै संगठनले देश, काल र परिस्थिति अनुसार कार्य गरी सबैलाई एक बनाउनको साथै बुद्ध पुर्णिमालाई ग्याजेटेड होलिडे घोषणा गराउने काम गरेको पनि उनले बताए | महासचिव आकाश लामाले पनि बुद्ध पुर्णिमालाई मुख्यमन्त्री ममता ब्यनार्जी द्वारा आम छुट्टी घोषणा गरिदिएकोमा सम्पूर्ण गुम्बा, बौद्ध धर्म संघ संस्थालाई बधाई एवम धन्यबाद टक्राए | संगठन द्वारा थालिने अन्य मागहरुलाई बुलन्द पार्न आगमी 19 मार्चको बौद्ध रयालीलाई सफल बनाइदिने पनि अपिल गरे | लाठपन्चर भेकमा रहेका गुम्बा म्हानिपा संघबाट पनि पूर्ण सहयोग गरिदिएकोमा आभार व्यक्त गर्दै आगमी 19 मार्चको महा रयालीलाई बौद्ध एकता दिवसको रुपमा मानिलिन पर्ने बताए | सहसचिव रतन बोम्जनले विगतमा संगठन गठन गर्दा के कस्तो परिस्थिति देखा परेको भन्ने विषयमा जानकारी गराउंदै संगठनको उदेश्य पवित्र रहेको अनि यसको विकाश गर्न उस्तै भावना भएको मानिस हुन पर्ने बताए | उनले मुख्यमन्त्री साथै जीटीए चीफ दुवैलाई आभार प्रकट गर्दै उनीहरुको बौद्ध धर्म प्रतिको श्रद्धालाई सराहना गरे | 22 फरवरी राज्य सरकारले सरकारी अधिसुचना जारी गर्दै बुद्ध पुर्णिमालाई राज्यको सबै सरकारी, गैरसरकारी क्षेत्रहरुमा बुद्ध पुर्णिमाको छुट्टी भएको जनाए | सभालाई लाठपन्चर क्षेत्रका बरिष्ठ व्यक्ति उदय लामाले पनि सम्बोधन गरेका थिए | यस सभालाई कार्यकारी सदस्य लनम लामाले पनि सम्बोधन गर्दै यो कुनै राजनैतिक संस्था नभएको बताउंदै 19 मार्चको रयालीमा आफ्नै बन्दोबस्तमा सिलिगुडी आउन पर्ने अव्गात गराए |
सभामा कार्यकारी सदस्यवर्ग लाक्पा छिरिङ गोले, प्रकाश बोम्जन, लनम लामा अनि लाठपन्चर क्षेत्रका सुदुर गाउँहरुबाट व्यापक बौद्धहरुको सहभागिता रहेको प्रचार प्रसार सचिव सुरेन पाख्रीनले जानकारी गराएको छ ||