Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

रङबी विभागमा विदाई समारोह

$
0
0
Farewell in Rungbee cinchona division
सरकारी सिन्कोना बगान अन्तर्गत रङबी विभागमा विभागीय जेसी कृष्ण कुमार छेत्रीको सभापतित्वमा एउटा विदाई कार्यक्रम सम्पन्न भएको छ | कार्यक्रमको प्रमुख अतिथि सिन्कोना व्यवस्थापक जे सादा रहेका थिए भने अन्य अतिथिहरुमा भूतपुर्व ग्याङमेन एमबी रसाइली रङबी विभाग, भूतपुर्व ग्याङमेन एचडी मोक्तान रङजु भेल्ली, डीएन मुखिया, एनडी सिंगर साथै युनियन प्रतिनिधिहरु उपस्थित रहेका थिए |
उक्त विदाई कार्यक्रममा 22 जना सिन्कोना बगानका अवकाश प्राप्त श्रमिक साथै तीन जना अवकाश प्राप्त कर्मचारीहरुलाई स्मृति चिन्ह, स्मारिका पत्र, दोस्लाह आदि प्रदान गरेर सम्मान सहित विदाई गरेको छ | यसको साथै कार्यक्रममा लाब्दा विभागबाट स्थान्तरण भएर आएका नयाँ ग्याङमेन मदन कुमार राई लाई पनि स्वागत जनाउँदै रङबी विभागबाट सरुवा भएर गएका ग्याङमेन एमबी रसाइलीलाई पनि सम्मानपुर्वक विदाई गरेको छ | यही कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा सिन्कोना व्यवस्थापक जे सादाले रङबी विभागमा भएको विदाई कार्यक्रमको प्रशंसा गर्दै यस प्रकारको कार्यक्रम गर्ने संस्कार बसाउनु पर्ने सल्लाह दिए | बर्तमान सिन्कोना बगानमा भइरहेको ग्याङमेन सरुवा प्रक्रियालाई कसैले पनि नकारात्मक दृष्टिले नहेरिदिने भन्दै सरुवा भएको खण्डमा ग्याङमेनहरुले पनि मन नदुखाई दिने अपिल व्यवस्थापक सादाले गरेका छन् | बर्तमान सिन्कोना बगानको स्थिति प्रति गम्भीर हुँदै सबै श्रमिक, कर्मचारी, व्यवस्थापक, युनियनले मिलेर इमान्दारीको साथ काम गरिदिनु पर्ने सुझाउ पनि उनले गरेका छन् | विदाई कार्यक्रमलाई जयपति राईले संचालन गरेका थिएभने धन्यबाद ज्ञापन गोबिन घिसिंगले गरेका थिए ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles