सरकारी सिन्कोना बगान मङपु अधिनस्थ विभिन्न विभागहरुमा खटिरहेका सम्पूर्ण सहायकवर्गको व्यापक उपस्थितिमा यहाँको रविन्द्र भवन मङपुमा दयानन्द राईको सभापतित्वमा सहायकवर्गको नियुक्ति प्रक्रिया यथाशिघ्र खोलिनपर्छ भनि एक महत्वपूर्ण सभा सम्पन्न भएको छ | बिगत दिनांक २८ फरवरीको दिन कालीझोडा स्थित फरेष्ट बंगलो प्रांगनमा सिन्कोना निर्देशालय अधिनस्थ चारै युनिट मङपु, रोंगो, मनसोंग अनि लाठपन्चरका सम्पूर्ण सहायकवर्गको उपस्थितिमा नियुक्ति प्रक्रियालाई खोलाउन हेतु गठन गरिएको विशुद्ध अराजनैतिक संगठन : सहायक संगठन सिन्कोना एवम अन्य औषधीय पौधाहरु” को निर्देश अनुसार चारै युनिटहरुमा उपसमिति गठन गर्ने क्रममा आज यसको मङपु युनिट पनि गठन गरिएको छ | समितिमा सभापति संजीव घिसिंग रम्बी विभाग, कोषाध्यक्ष रचना थापा (राई) रेशेप विभाग अनि लेखापरिक्षक दयानन्द राई मङपु विभागलाई चयन गरियो भने उपसभापति अनि सहसचिव पाँचै विभागबाट एकएक जना साथै २० जना कार्यकारिणी सदस्य – सदस्या अनि पाँचै विभागबाट सल्लाहकारहरु चयन गरियो | उक्त नवगठित सहायक संगठनको मुख्य उदेश्य नै सिन्कोना बगानमा बर्तमान ठप्प रहेको ग्रूप डी नियुक्ति प्रक्रिया यथाशिघ्र खोलाउनु हो भने यस उदेश्यलाई पुरा गर्न सम्पूर्ण सहायकवर्गले जोडतोडले साथ् दिने सभामा छलफल गरियो | आगमी सप्ताह फेरि चारै युनिटबाट गठित केन्द्रीय सहायक संगठनको सभापछि नियुक्ति प्रक्रिया खोलाउन भावी रणनितिहरुको रुपरेखा तयार गरिने साथै त्यसै अनुरुप संगठनले कार्यक्रम गर्ने सभाले निर्णय लिएको जानकारी सहायक संगठन केन्द्रीय समिति मूल सचिव मुनाल घिसिंगले दिएको छ ||
↧