Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

लाब्दा विभागको समस्या लिएर एचपीडब्ल्युयुको व्यवस्थापकसित भेटवार्ता

$
0
0
Cinchona Plant in Mungpoo
गोर्खा राष्ट्रीय मुक्ति मोर्चाको मजदुर युनियन एचपीडब्ल्युयुले सिन्कोना बगान अधिनस्थ लाब्दा विभागको समस्याहरुलाई लिएर सिन्कोना व्यवस्थापक जेसव सादासित यहाँको विभागीय कार्यलयमा भेटवार्ता गरेको छ | बगानको मूलभुत समस्याहरुलाई लिएर बसेको भेटवार्तामा व्यवस्थापकसित सिन्कोना उग्लाई गरेपछि रहेको ठूलो ठूलो रुखहरु विभागीय तौरमा आरा काटेर अन्य स-साना रुखहरु मजदुरवर्गलाई बर्खे दाउराको रुपमा दिइने छलफल गरियो | यसरी नै बगानको भौगोलिक अवस्थान हेरेर आगमी दिनहरुमा श्रमिक, कर्मचारीहरुको निम्ति जमीन अथवा घडेरी वितरण गर्न परे सुन्तले धुरा जाने बाटो मुनि मात्र दिइने कुरो पनि व्यवस्थापकले युनियन समक्ष कुरा राखे | नियुक्ति विषय सम्बन्धि बोल्दै व्यवस्थापकले कतिपय तक्निकीय कारणहरुले गर्दा हुन नसकेको साथै यस बिषयमा युनियन पक्षले निर्देशकबाट पनि बुझ्न सक्ने उनले बताए भने पदोन्नति अनि नियुक्ति बारे व्यवस्थापन पक्ष पनि चुप लागेर नबसी प्रयास गरिरहेको नै व्यवस्थापक सादाले युनियनलाई बताएको छ | युनियनले विभागका सम्पूर्ण मजदुर कर्मचारीहरुको हितको निम्ति अन्य थुप्रै समस्याहरु बताउंदै व्यवस्थापकसित समाधानको अपेक्षा राखेका थिए भने बगानमा आज पर्यान्त कार्यरत अस्थायी मजदुरहरुलाई स्थायीकरण गरिनुपर्छ भन्ने मागमा व्यवस्थापकले १० दिने मजदुरहरुलाई बडाएर २० दिन बनाइदिने माग सिन्कोना निर्देशक समक्ष राखिदिने पनि युनियनलाई आश्वस्त गराएका छन् ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles