Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

बेहाल सडक मर्मती नहुँदा ८० वर्षे वृद्हरु सडक बनाउन बाध्य

$
0
0
old aged villagers in Construction of road
मङपु, ५ मार्च, राजेश थापा:मङपुको हरेक क्षेत्रहरुमा दिनोदीन सडकहरुको हालत जीर्ण हुँदै गइरहेको छ | कतिपय गाउँबासीहरु गाउँ पस्ने सडकको निम्ति बिन्ति, दौड धुप गर्ने प्रक्रिया यथावत नै छ भने यही शिलशिलामा यहाँको सरस्वती उच्चतर विधालयको केही अघि सिमदोकानदेखि कृष्ण प्रणामी मन्दीरसम्म जाने कच्चा सडकको हालत सोंचनीय बनेर गएको छ | यतिका वर्षसम्म गाउँलेहरुले नै मिलेर बाटोको मर्मति गर्दै आएको पनि जानकारी प्राप्त छ | पक्की बाटोको निम्ति पंचायत, जीटीए अनि सम्पूर्ण पार्टीका नेताहरुलाई आवेदन बुझाए पनि आज सम्म कुनै सुनवाई नभएपछि आज फेरि गाउँलेहरु मिलेर नै सडकको मर्मति गरिरहेको गाउँका बरिष्ठ समाजसेवी 85 वर्षीय वृद् डीएस लोहारले बताएका छन् | प्राय: 600 मिटर दुरी भएको यस सडक निर्माण मर्मति गर्न गाउँलेहरु संगै 85 वर्षीय वृद् डीएस लोहार अनि 82 वर्षीय भुपाल थापा पनि हातमा झ्यामपल फरुवा लिएर उत्रिन मजबुर बनाएको छ यहाँको व्यवस्थाले | यही सडक भएर चर्च, शिव मन्दिर अनि कृष्ण प्रणामी मन्दीरमा हजारौं मानिसहरु आउने गर्छ भने सडकको अवस्थाले यी सर्वसाधारणलाई कतिको असुविधा गराएको छ त्यो अनुमान लगाउन सकिन्छ | गाउँलेहरुको यस्तो असुविधाको आवेदन कसैले नसुनिदिएपछि धर्यको सिमा नाघ्यो अनि विगत एक महिनादेखि हरेक शनिबार अनि  आइतबार गाउँलेहरु मिलेर नै 6 इन्चको कंक्रिट सडक निर्माण गर्न थालेको छ | क्षेत्रका ग्रामबासी धुरिएर बनाइरहेको सडकमा मङपु दाल्जोर कन्स्ट्रक्सनले सिमेन्ट बालुवा फिटने मशिन दिएर सहयोग गरेको छ भने सिमेन्ट शंकर शाहले सहयोग गरिरहेको छ | यसरी नै गाउँलेहरु मिलेर बालुवा, गिटी आदि आवश्यकीय समाग्रीहरु पनि जुटाइरहेको छ | सडक निर्माण कार्यमा मन्जीत थापा, हेमन्त शेर्पा अनि सम्पूर्ण कृष्ण नगरका ग्रामबासीको भूमिका उत्तिकै रहेको छ भने यस कार्य जीटीएका अभियन्त अनन्त थापाको देखरेखमा भइरहेको छ | मङपुको निम्ति यो सडक निर्माण कार्य एउटा नमुनानै भएर जाने बुझिएको छ भने पहाडको व्यवस्थापनमा यहाँ मङपुको हरेक गाउँ घरमा मानिसहरु आफ्नो गाउँ पस्ने सडकको निम्ति कति समस्या झेल्न परिरहेको छ र कतिको हेल्चेक्र्याई गरिएको छ भन्ने कुरा स्थानीय सम्पूर्ण राजनैतिक दल लगायत सम्बन्धित अधिकारीहरुले बुझ्न आवश्यक रहेको देखिन्छ ||  

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles