Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मङपु गोल्ड कप २०१६ नाइटचेस क्लब नेपालको झोलीमा

$
0
0
Mungpoo gold cup won by Knightchess club nepal
मङपु युथ क्लबको आयोजनामा सम्पन्न भइरहेको मङपु गोल्ड कप २०१६ को चुडान्त खेल आज ५८ जीटीसी शिलोङको नाइटचेस क्लब नेपाल माझ घमासान रुपमा सम्पन्न भयो | हजारौं दर्शकहरुले भरिएको मङपु जन मैदानमा दुवै टोलीले रोचक खेल प्रदर्शन गर्दै मनोरंजन दिलाएका थिए | हरेक पल्ट नै नेपालको टीम भनेपछि हुरुक्कै जाने यहाँका दर्शकहरु माझ आज शिलोङको टीमको निम्ति पनि कम प्रसंशक थिएनन् | शुरुदेखि नै आफ्नो उत्कृष्ट प्रदर्शनी देखाउने शिलोङले नेपालको टीमलाई छताछुल्ल बनाउन सके पनि गोल पोस्टमा पुराईसकेर पनि गोल लगाउन चुकेको एकाधिक मौकाहरुको कारण आफ्नो प्रसंशकहरुको मन जित्न सकेनन् | यसरी पूर्वार्धको खेलसम्म प्राय: शिलोङले नै नेपालको टीमलाई दबाउमा राखे पनि कुनै गोल गर्न भने सकेन, जसको फाइदा उठाउँदै उतरार्धको खेलमा नेपालको पक्षबाट जर्सी नम्बर ६ हेमन्त थापा मंगरको दर्शनीय गोलले शिलोङको मनोबल खस्केको थियो | गोल सुलाउने लाखौँ प्रयास गर्दा पनि शिलोङलाई आज भाग्यले साथ दिएन उल्टा फेरि नेपाल टीमकै जर्सी नम्बर ८ निशान्त लिम्बुको दोश्रो गोलले शिलोङ टीमलाई नाइटचेस नेपालको अघि घुँडा टेक्न बाध्य बन्नु पर्यो |   

आजको फाइनल खेलमा महिला टीम रोयल एफसी सिलिगुडी बनाम बिनागुड़ी एफसी माझ प्रदर्शनी म्याच पनि खेलाइएको थियो जसमा बिनागुड़ी एफसी बिजयी बनेका थिए | यसरी नै कार्यक्रम अघि सरस्वती उच्चतर बिधालयका ब्याण्ड टोलीले आफ्नो ब्याण्ड प्रदर्शन पनि गरेका थिए |

आजको चुडान्त खेल कार्यक्रमको अध्यक्षता क्षेत्रीय सभासद रतन कुमार थापाले बहन गरेका थिए भने प्रमुख अतिथि जीटीए डेपुटी चिफ डा० लोप्साङ लामा, सभासद अनित थापा, सभासद प्रणय थापा, जिटीए अधिकारी निमेष सुन्दास, लगायत सिन्कोना निर्देशक डा० सामुयल राई, व्यवस्थापक जे सादा, रोङगो व्यवस्थापक विदुर कार्की, हेड क्वाटर व्यवस्थापक मदन मुखिया आदि बिसेष अतिथिको रुपमा उपस्थित रहेका थिए भने यही मंचबाट आजका प्रमुख अतिथि डा० लामाले आउँदो दिनहरुमा अझ राम्रो खेलकुद संचालन गर्ने शुभकामना दिंदै मङपु युथ क्लबलाई रुपियाँ ५०,००० दिने घोषणा गरेका छन् ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles