Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मङपु दिवाली खेलकुद समारोहको समापन

$
0
0
mungpoo sports 2nd day
मङपु खेलकुद संघको आयोजनामा सम्पन्न भईरहेको दुई दिवसीय वार्षिक दिवाली खेलकुद समारोहको अन्तिम दिन आज संघकै अध्यक्ष्य तथा सिन्कोना व्यवस्थापक जेसव सादाको सभापतित्वमा सम्पन्न भयो | प्रमुख अतिथि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन कार्यकारिणी सभासद रतन कुमार थापा रहेको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पुर्व सिन्कोना निर्देशक डा० जीसी सुब्बा अनि रोंगो सिन्कोना बगान व्यवस्थापक बिदुर कार्की उपस्थित रहेको थियो भने स्वागत सम्भाषण संघ सचिव राम पोख्रेलले राखेका थिए अनि सभासद थापाले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए | कार्यक्रममा सरस्वती विधालय अनि सन्त मंगल एकडेमीले मार्च पास्ट पनि प्रदर्शन गरेका थिए जसलाई आजको प्रमुख अतिथि सभासद थापाले सलामी दिएका थिए | आज सम्पन्न भएको खेलकुदमा मङपु क्षेत्रका बिधालयहरु माझ विभिन्न दुरीहरुमा दौड, हाई जम्प, लङ जम्प, पालो फेर्ने दौड लगायत विभिन्न प्रकारको खेलकुदहरु सम्पन्न भएको थियो | यही कार्यक्रम बिच सुकुनाका गायिका शर्मिला रसाइलीबाट थुप्रै गीतहरुको प्रस्तुतिले कार्यक्रमलाई अझ रोचक बनाएको थियो |

यसरी नै आजको आकर्षक खेलहरुमा म्याराथन दौड खुल्ला केटीहरु माझ सम्पन्न भयो जसमा पहिलो प्रिती राई, सेन्ट जेभियर्स स्कूल दिलाराम, दोश्रो सोनिया राई एसयुएमआई कालेबुंग अनि तेश्रो अदिपा राई, पंचाबत्ती हाई स्कूल शेल्पू रहेको थियो | यसरी नै अर्को आकर्षक खेल १००० मिटर दौड खुल्ला केटीहरु माझ पहिलो दिछेन शेर्पा, मोनसोङ, दोश्रो प्रीति राई रङबी अनि तेश्रो अदिपा राई, पंचबत्ती हाई स्कूल शेल्पू रहेका थिए भने यही दौड केटाहरुमा पहिलो अविनास राई, लाब्दा एमएसके, रोयाल राई, सरस्वती हाई स्कूल अनि तेश्रो सुभम तामांग सरस्वती बिधालय चयन भएको थियो | यसरी नै आजको अन्तरविधालय माझ सम्पन्न खेलकुदका च्याम्पियन पहिलो सरस्वती हाई स्कूल, दोश्रो ग्यानपीठ हाई स्कूल अनि तेश्रो सारधा विधालय रहेको थियो |

सन्दर्भमा अंग्रेजको पालोदेखि भब्य रुपमा सम्पन्न हुँदै आइरहेको मङपुको यस दूई दिवासीय दिवाली खेलकुद समारोह भब्य रुपमा सय वर्ष पहिलेदेखि संचालन हुँदै आईरहेको भए पनि खेलकुद क्षेत्रमा भने कुनै आधुनिकता अनि तक्निकीय साधनहरु नअपनाइएको पाइएको छ | दार्जीलिंग जिल्ला भरिकै प्रसिद्ध यस खेलकुद कार्यक्रममा धेरै पुरानो समयदेखि नै प्रतियोगीहरुले बालुवा माथि हाई जम्प लंग जम्प अनि पोलजम्प खेल्दै आइरहेको छ जसको सट्टामा कुनै आधुनिक डनलप कुशनहरुको प्रयोग गरिएको पाइएको छैन जसले गर्दा प्रतियोगीहरुलाई कुनै पनि क्षण चोट पटक लाग्न सक्ने सम्भावना प्रबल देखिएको छ | यसको साथै चुनाले कोरिएको ट्राकको सट्टा कुनै म्याटहरुको प्रयोग गर्न सकिएको छैन | यसको साथै सयौं वर्षदेखि संचालित यस खेलकुद समारोहमा वर्षेनी उच्च अंक लिएर उतीर्ण हुने प्रतियोगीहरुलाई मङपु खेलकुद संघ एक पंजीकृत संघ भएको नाताले ती प्रतियोगीहरुलाई जिल्ला स्तरीय, राज्य स्तरीय साथै अन्यत्र स्थानतिर लान पर्ने दायित्व रहँदा रहँदै पनि सो कार्य पनि हुन नसकेको पहिले देखि नै यस मैदानमा अंश ग्रहण गरेर आएका खेलकुद प्रतियोगीहरुको गुनासो रहेको पाइएको छ | यसैले आउँदो दिनहरुमा यी उपर्युक्त कुराहरुलाई ध्यानमा राखेर खेलकुद कार्यक्रम संचालन गर्न सके कार्यक्रमको बेग्लै महत्व बढेर जान सक्ने अनुमान लगाइएको छ |


आज दिवाली खेलकुदको अन्त भए पनि भोलि अर्थात ४ नोभेम्बरको दिन मङपु युथ क्लबको तत्वधानमा केही महिना अघिदेखि खेलाई रहेको मङपु गोल्ड कप २०१६ को फाइनल खेल ५८ जीटीसी शिलोङ बनाम नाइटचेस क्लब नेपाल माझ भिडन्त हुनेछ भने यही कार्यक्रममा रोयल एफसी महिला टीमको बिनागुरी एफसी महिला टीम माझ प्रदर्शनी म्याच पनि सम्पन्न हुनेछ जसको निम्ति आयोजक समितिले सम्पूर्णमा हार्दिक स्वागत जनाएको छ || 

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles