Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

औषधीय बनस्पति सम्बन्धि कार्यशाला सम्पन्न

$
0
0
Workshop on medicinal plants mungpoo
राष्ट्रीय बनस्पति परिषद, दार्जीलिंग शिक्षा अनुसन्धान एवम विकास प्रतिष्ठान एवम सिन्कोना अनि अन्य औषधीय पौधाहरु निर्देशालय मङपुको संयुक्त तत्वधानमा अनि “भारत सरकार, सबैको साथ सबैको बिकासको ब्यानरमा दार्जीलिंग पहाडभरि पाइने औषधीय बनस्पतिको खेती यसको प्रयोग, संरक्षण र यसबाट कसरी अर्थलाभ गर्न सकिन्छ भन्ने विषयमा एउटा महत्वपूर्ण कार्यशाला सम्पन्न गरिएको छ | यहाँको रविन्द्र स्मारक श्रमिक कल्याण केन्द्र भवनमा आयोजित उक्त कार्यशालामामा दार्जीलिंग, सिक्किम, कोलकाता अनि दिल्लीका बनस्पति बिशेषज्ञहरु उपस्थित रहेका थिए | कार्यक्रममा बिशेषज्ञहरुले चिरोता, अदुवा, सर्पगन्ध आदि औषधिमुलक बनस्पतिहरुको बारे उपस्थित प्रशिक्षनार्थीह्र्लाई प्रोजेक्टरबाट जानकारी गराए भने प्रशिक्षनार्थीहरुले पनि आफुले नबुझेको अनि मनमा उब्जेको जिज्ञासाहरुलाई बिशेषज्ञहरु समक्ष प्रस्तुत गरेका थिए | दार्जीलिंग शिक्षा अनुसन्धान एवम विकास प्रतिष्ठान अध्यक्ष डा० जीएस योन्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई दीप थापाले संचालन गरेका थिए भने डा० जीएस योन्जनले नै आजको कार्यशाला विषय प्रथम वक्तव्य पेश गरेका थिए | यसरी नै विशिष्ट अतिथि सिन्कोना निर्देशक डा० सामुयल राईले दार्जीलिंग पहाडमा औषधीय पौधाहरुको इतिहास अनि यसको बिकास बारे वार्ता प्रस्तुत गरे | यसरी नै कार्यक्रममा डा० पीके सरकार, निर्देशक एसएमपीबी कोलकाता, डा० शिवकुमार शर्मा, आइबीएसडी गान्तोक, धनीराज छेत्री, सिक्किम युनिभर्सिटी, डा० पुजा शाह, पतंजली आयुर्वेद हरिद्वार आदिले पावरपोइन्ट प्रेजेनटेशन द्वारा उपस्थितिलाई औषधीय बनस्पति बारे जानकारी गराए भने मुख्य अतिथि डा० सोमिता बिस्वास, सीइओ राष्ट्रीय औषधीय बनस्पति परिषद, दिल्लीले पनि औषधीय बनस्पति सम्बन्धि आफ्नो बक्तव्य दिएका थिए |

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles