मङपु गोल्ड कप २०१६ को आज दोश्रो म्याच १२ एसएपी जलपाईगुडी बनाम अमुक्त परिवार सिलिगुडी माझ सम्पन्न भयो | भारी दर्शकहरु माझमा सम्पन्न आजको म्याचमा दुवै टीमले खुबै रोचक खेल प्रदर्शन गरेका थिए भने दुवै दल गोल गर्ने होडमा बारबार विपक्षीको गोल पोस्टमा आक्रमण गर्ने क्रम जारी राखेका थिए | कडा चुनौतीको सामना गर्दै अन्तत: पूर्वार्धको खेलमा अमुक्त परिवारले एक गोल गरेपछि खेल झनै प्रतिस्पर्धात्मक हुँदै गयो | यसै अवधि एसएपी जलपाईगुडीले पनि विपक्षीको गोल पोस्टमा आक्रमण गर्न छोडेनन् तरपनि आजको खेलमा एसएपीको टीमलाई भाग्यले साथ दिएन | त्यसैपनि एक गोल खाएपछि झस्किएको एसएपीलाई अमुक्त परिवारले उतरार्धको खेलमा छकाइ छकाइ फेरि दुइटा गोल गरेर टीमको आत्माबल नै खस्काइदिएका थिए जसमा अमुक्त परिवारका खेलाडी स्माइल तामांगले दुई गोल गरेका थिए भने यसै टीमका अर्का नाइजेरियन खेलाडीले तेश्रो गोल गरे | निर्धारित समय भित्रमा एसएपीले एक गोल सुलाउन पाएपनि विपक्षीको सुरक्षा रेखा तोड्न कठिन भएपछि अमुक्त परिवार सिलिगुडीले तीन गोल गरेर एसएपी टिमलाई घुडा टेकाई छाडे | गोल गर्ने होडमा अमुक्त परिवारका नाइजेरियन खेलाडी अनि एसएपीका एक खेलाडीले पहेंलो कार्ड धरि स्वीकार्न परेको थियो | यसरी अमुक्त परिवार गोल्ड कपको बाँकी खेलको निम्ति सुरक्षित छन् भने एसएपीले बाँकी म्याचदेखि विदा लिए | आजको खेलमा अमुक्त परिवारका खेलाडी स्माइल तामांगलाई उत्कृष्ट खेलाडी चयन गरियो | भोलि अर्थात ८ अक्टुबरको म्याच फिक्कल एफसी नेपालको दुर्गापुर कोलकातासित घमासान भिडन्त हुनेछ |
↧