Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मङपु गोल्ड कप शुरु - सेयर एफसी कालेबुङ बिजयी

$
0
0
Share FC Kalimpong in Mungpoo Gold Cup
मङपु युथ क्लबको आयोजनामा सपन्न हुने मङपु गोल्ड कप अन्तत: भब्य कार्यक्रमसंगै आजदेखि शुरु भएको छ | एनपी राईको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा कुशल मोहोराले स्वागत सम्भाषण राखेका थिए भने सम्पूर्ण कार्यक्रमलाई अमृत खड्काले संचालन गरेका थिए | कार्यक्रममा मङपु लाब्दा समष्टि भार प्राप्त सभासद रतन कुमार थापाको बिशेष आतिथ्य रहेको थियो भने सिन्कोना व्यवस्थापक जेसव सादा, व्यवस्थापक बिदुर कार्की आदि पनि अतिथिको रुपमा उपस्थित रहेका थिए | यही उद्घाटन कार्यक्रममा स्वर श्री दार्जीलिंग २०१५ बिजेता दिपेन गुरुङको सुमधुर गीतहरुको प्रस्तुतिले झनै मनोरन्जक बनाएको थियो |
गत वर्ष २०१३ देखि शुरु गरिएको यस गोल्ड कप टुर्नामेन्टमा आजको उद्घाटन म्याच इस्ट बेन्गाल एकाडेमी (East Bengal Academy) बनाम सेयर एफसी कालेबुंग (Share FC Kalimpong) माझ रहेको थियो जसमा दुवै दलका खेलाडीहरुले रोचक खेल प्रदर्शन गरेर उपस्थित दर्शकहरुलाई अन्त सम्मनै भरपुर मनोरंजन दिन सफल भएका थिए | दुवै दलको कडा भिडन्तले पहिलो हाल्फमा गोल गर्न असमर्थ देखिए पनि पहिलो हाल्फ़को प्राय: अन्ततिर सेयर एफसीका खेलाडी जर्सी नम्बर ६ ले दर्शनीय गोल गरेर इस्ट बेन्गालको डिफेन्सको घेरालाई दुर्बल साबित गरिदिएका थिए | यसरी नै दोश्रो हाफको खेलमा पनि फेरि सेयर एफसीको पक्षबाट एक गोल गरेर आफ्नो दलको जीत प्राय: निश्चित गरिसकेका थिए | इस्ट बेन्गालले पनि सेयर एफसीको कडा सामना गर्दै असल खेल प्रदर्शन गरेका थिए जुन अवधि खेल निर्णायकबाट सेयर एफसीको जर्सी नम्बर ६ ले पहेंलो कार्ड अनि इस्ट बेंगालको खेलाडी जर्सी नम्बर ९ ले रातो कार्ड स्वीकार्नु परेको थियो | यसरी सेयर एफसीले खेलको अन्तिम समयमा फेरि एक गोल गर्दै जम्मा तीन गोल गरेर इस्ट बङ्गाललाई परास्त गरि मङपु गोल्ड कपको बाँकी खेलहरु खेल्न सक्षम बनाए भने इस्ट बंगालले आजदेखि नै मङपु गोल्ड कपदेखि बाहिरिनु परेको छ | आज असल खेल प्रदर्शन गरे बापद सेयर एफसीका खेलाडी धिरज बिकेले म्यान अफ द म्याचको खिताफ हासिल गरे भने भोलि अर्थात ७ अक्टुबरको दिन १२ एसएपी जलपाइगुडी (SAP jalpaiguri)को अमुक्त परिवार सिलिगुडी( Amukta Pariwar Siliguri)सित भिडन्त हुनेछ भने आयोजक समितिले सम्पूर्ण खेलप्रेमी दर्शकहरुलाई हार्दिक स्वागत जनाएको छ ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles