यहाँको मङपु विभागमा अवस्थित शारदा हाई स्कूलले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत एक अन्तर्दलीय कुइज प्रतियोगिता विधालय प्राङगनमा सम्पन्न गर्यो |
विधालय संचालन समिति सचिव किरण थापाको सभापतित्वमा सम्पन्न यस कुइज प्रतियोगितालाई कुइज मास्टरहरु सहशिक्षकद्वय सरोज थापा र अजय राईले संचालन गरेका थिए भने स्वागत सम्भाषण सुमित्रा राईले गरे | सिनियर तथा जुनियर विभाग गरी दुईवटा विभाग माझ सम्पन्न गरिएको प्रतियोगितालाई कुइजर राउण्ड, मल्टिपल चोइस, रयापिड फायर, बर्जर राउण्ड, अडियो भिजुवल राउण्डहरुमा विभक्त गरिएको थियो | अत्यन्त रोचक ढंगमा सम्पन्न भएको उक्त प्रतियोगितामा जुनियर विभागबाट प्रथम निली दल, दोश्रो हरियो दल, तेश्रो पहेंलो दल अनि चौथो रातो दल थिए भने सिनियर विभागबाट प्रथम निलो, दोश्रो रातो, तेश्रो हरियो र चौथो पहेंलो दल चयन भएको थियो |
प्रतियोगितामा निर्णायकवर्ग सहशिक्षक – शिक्षिका अमिर गुरुङ, जयन्ता राई, सरिता सुब्बा, प्रियंका राई तथा प्रमुख निर्णायकको भार उदय थुलुङले बहन गरेका थिए | विधार्थीहरु सुमिक्षा सुनुवार र अपेक्षा थापाको सुन्दर नृत्यले कार्यक्रमलाई झनै रोमान्चक तुल्याएका थिए भने कार्यक्रममा संचालन समितिका सदस्यवर्ग लगायत अभिभावकहरुको पनि व्यापक उपस्थिति रहेको थियो | अन्तमा बिधालय प्रधान अध्यापक प्रकाशचन्द्र राईले बिजेताहरुलाई बधाई साथै मिठो बक्तब्य प्रस्तुत गरेका थिए भने रेमण्ड राईको धन्यबाद ज्ञापनले कार्यक्रमको समाप्ति भएको थियो ||