Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

चुनाव अघि शान्त वातावारणको जायजा लिंदै एडीशनल एसपी मङपुमा

$
0
0
Darjeeling District Additional SP
लोक सभा चुनावको मुखैमा विभिन्न क्षेत्रहरुमा शान्ति शृंखला कायम राख्न साथै साधारण जनतालाई आफ्नो मत अधिकारको निष्फिक्री प्रयोग गर्न हेतु भने जस्तो वातावरण बनाइ राख्न पुलिस विभागले विभिन्न क्षेत्रहरुमा निरीक्षण गर्दै सुझ बुझ राख्ने काम गरिरहेको छ | यही लहरमा आज दार्जीलिंग जिल्ला एडिशनल एसपी हरिकृष्ण पाइकले पनि मङपु क्षेत्रको भ्रमण गर्दै चुनाव अघिको वातावण बारे जायजा लिए | तिनले आज मङपुको नालीडाँडा, ग्राउण्ड टोल साथै मङपु भित्रका ग्राम पंचायतहरु लाब्दा ग्राम पंचायत, रेसेप ग्राम पंचायत अनि रोंगचोंग ग्राम पंचायतका विभिन्न बुथहरुको निरीक्षण गरे | तिनले यी स्थानहरुको भ्रमण गर्दै साधारण जनतालाई बर्तमान वातावारण बारे, कुनै डर, उत्पिडन बारे बात विवाद गर्दै भलाकुसारी गरे | बिशेष गरेर चुनाव अघि विभिन्न राजनीतिक दलहरुले साधारण जनतामा बल जफ्ती कुनै नेतालाई भोट हाल्ने नत्र कुनै उत्पिडन दिने जस्ता घटनाहरु हुने गरेकोले यस पुलिस टोलीले यस्तै कुकार्यहरुलाई रोक्न अनि साधारण जनतालाई भयरहित आफ्नो मत अधिकारको प्रयोग गर्न सक्ने वातारण निर्माण गरिदिन यस प्रकारको कदम चालेको हो | आजको निरिक्षण टोलीमा एडीशानल एसपी संगै रङली रङलियट ओसी तपन पल, मङपु आउट पोस्ट प्रभारी सुप्रकाश सरकारको साथमा अन्य पुलिसकर्मीहरु पनि उपस्थित रहेका थिए ||   

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles