Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

गोरामुमो मङपु जोनको सभा सम्पन्न

$
0
0
Gorkha National Liberation Front
गोर्खा राष्ट्रीय मुक्ति मोर्चा मङपुको आफ्नै कार्यलय आज एउटा महत्वपूर्ण सभा बीबी राईको सभापतित्वमा सम्पन्न भयो | सभामामा आगममी ३१ मार्चको दिन शेल्पूमा हुने गोरामुमोको चुनावी सभा बारे छलफल भयो | सभालाई सम्बोधन गर्दै गोरामुमो मङपु जोन सभापति कैलाश पाख्रीनले उक्त दिन हुने सभामा हामी वृहत रुपमा उपस्थित हुनपर्ने आहवान गर्दै आगमी लोक सभा चुनावमा गोरामुमो अनि गोजमुमो बिमल पक्षमा जुन सम्झौता भएको छ त्यसलाई सही निर्णय लिएको बताए | यसरी नै एचपी डब्ल्युयु खरसाङ ब्रान्च सदस्य चमन प्रधानले पनि गोरामुमो पार्टी सदैव केवल चुनावी जीतसित मात्र सरोकार नराख्ने पार्टी हो तर संधै सम्पूर्ण गोर्खा जातिको हितमा सोंचेर अघि बढ्ने पार्टी रहेको जनाए | सभामा पार्टीको कुनै पनि कार्यक्रमहरुतिर युवा शक्ति एकदमै सचेत रहनपर्ने पनि छलफल भयो भने अबउसो युवा शक्तिलाई साथ लिएर अघि बड्ने निर्णय लिइएको छ | आजको सभामा गोरामुमोको नारी संगठनबाट सरिता तामांग, प्रेरणा राई, युवा एकाईबाट प्रसन्न राई, प्रदीप राई, प्रवेश राई लगायत ब्रान्च समितिका प्रतिनिधिहरु पनि उपस्थित रहेका थिए ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles