Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

चुनाउ आचार संहिता उल्लंघन गरेकोमा सीभिजिल एपमा आयो उजुरी

$
0
0
Darjeeling DM Joyoshi Dasgupta demonstration Cvigil election App
दार्जीलिङ चुनाउ विभागलाई गत 10 मार्चदेखि आजसम्म सी. भिजिल एपमार्फत 28 वटा उजुरी प्राप्त भइसकेका छन्, जसमध्ये 5 वटा सेल्फी पनि रहेको आज दार्जीलिङकी मुख्य चुनाउ अधिकारी वा जिल्लापाल जोयशी दासगुप्तले जानकारी गराइन्। उनले सी. भिजिल एपमार्फत यी उजुरीहरू प्राप्त भएको जानकारी गराउँदै 5 वटा सेल्फीमध्ये एउटा परिवारको फोटो पनि सामेल रहेको जनाइन्।

चुनाउ आयोगले यसपालीको यस चुनाउमा सी. भिजिल एप पनि शुरू गरेको छ, जसको माध्यमबाट कसैले पनि चुनाउको आदर्श आचार संहिताको उल्लंघन गरेको भीडियो पठाउन सक्छन्। जसको एक घण्टाभित्रै सम्बन्धित विभागका अधिकारीहरू आएर उक्त उजुरीमाथि कार्वाही गर्ने प्रावधान छ। यसै एपबाट जिल्ला चुनाउ विभागलाई एउटा परिवारसँगै 5 जनाको सेल्फी फोटो प्राप्त भएको छ। आज लोकसभा चुनाउसित सम्बन्धित विभिन्न विभिन्न विषयमाथि जानकारी गराउने उद्देश्यले दार्जीलिङकी मुख्य चुनाउ अधिकारीले एक पत्रकार सम्मेलनको आयोजना गरेकी थिइन्। जसमा उनले 10 मार्चदेखि आजसम्म दार्जीलिङ जिल्लाका विभिन्न नाकाहरूबाट 7 हजार लिटर रम-रक्सी जफ्त गरिएको पनि बताइन्।

यसका साथै उनले कालेबुङ जिल्ला छोडेर दार्जीलिङ जिल्लाका समतल र पहाडी इलाकामा 64 वटा महिला मतदान केन्द्रको व्यवस्था गरिने भएको, दिव्याङ्गहरूका लागि पनि उचित व्यवस्था गरिने भएको जानकारी गराइन्। ताकि यसपाली एउटै पनि मत छुट्न नसकोस् भन्ने चुनाउ आयोगको योजना छ। दार्जीलिङकी जिल्लापाल दासगुप्तले यसपालीको चुनाउमा एकजना उम्मेद्वारले 70 लाख रूपियाँसम्म खर्च गर्नसक्ने प्रावधान राखिएको जनाउँदै यी उम्मेद्वारहरूका लागि कुनै कार्यक्रम आयोजना गर्दा प्रदान गरिने चियादेखि बिस्किट, सभामा प्रयोग गरिएको टेबल-चौकी सबैको खर्च जोडिने बताइन्।

http://pratibymba.com

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles