विभिन्न ८ सुत्री माग तथा जानकारी लिएर मंगलबार रेशेप ग्राम पंचायत सचिवको कार्यलयमा रेशेप शाखा गोजमुमोको नेतृत्वमा पंचायत सचिव केपी शर्मालाई डेपुटेशन दिएको छ | टोलीलाई लाब्दा मङपू समष्टि सचिव रतन लामा, दार्जीलिंग तराई डुवर्स प्लानटेशन लेबर युनियन मङपू जोनबाट किशन बुडाथोकी, रेशेप शाखा दातडुप्लालेयुबाट विशोर कार्की, रेशेप शाखा गोजमुमो सचिव रिनेश शेर्पा, सभापति रुपाश बोम्जन, उपाध्यक्ष प्रकाश कार्की, सह सचिव गणेश जैसीले अगुवाई गरेका थिए | उक्त भेटमा सय दिने रोजगार, प्रधानमन्त्री आवास योजना, ईडब्ल्युएस, गितान्जली आवास, प्राकृतिक आपदा प्रबन्धन, वृद्ध भत्ता, स्थानीय प्रमाण पत्र, विकलांग भत्ता आदि विषयहरु माथि व्यापक चर्चा गरियो | खण्ड विकाश कार्यलयको उक्त योजनाहरु ग्राम पंचायत मार्फत लागु गरिने सविस्तार, क्रमबद्ध हुन पर्नेमा जोड दिइयो | उक्त सहुलियतहरु साधारण जनताले नपाएको गुनासो गरियो |
भेटमा ग्राम पंचायत सचिवको जानकारीलाई शाखा गोजमुमोले निर्क्योल गरी सुझाव गरिने निर्णय लिइयो | बिशेष: स्थानीय प्रमाण पत्र वितरण माथि चर्चा गर्दै आगमी दिनहरुमा यस विषय माथि अझ सुचारु र सही ढंगमा कार्य गरिने निर्णय लिएको जानकारी गोजमुमो रेशेप शाखा सचिव रिनेश शेर्पाले दिएको छ ||