Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

शिक्षक प्रभारीको सिन्कोना निर्देशक अनि व्यवस्थापकसित भेट

$
0
0
Saraswati Higher Secondary School Mungpoo
सरस्वती उच्चतर माध्यमिक विधालय ( Saraswati Higher Secondary School Mungpoo) मा गत १ जुलाई देखि चन्द्रकला राईले शिक्षक प्रभारीको पद ग्रहण गरेको केही दिनपछि सिन्कोना बगान निर्देशक डा० सामुयल राई अनि मङपू सिन्कोना व्यवस्थापक नरेश बराइलीद्वयलाई उनीहरुको कार्यलयमा पुगी औपचारिक भेट गर्दै खादा अर्पण गर्ने कार्य भएको छ | भेटवार्ताको क्रममा निर्देशक डा० सामुयल राईलाई खादा अर्पण गर्दै सिन्कोना विभागबाट विधालयलाई चाहिने आवश्यकीय सहयोगहरुको पनि अपेक्षा गरिएको छ | बिशेष सरस्वती कन्या बिधालयको बर्तमान जमीनको बदली नयाँ जमीन दिलाइदिएमा भविष्यमा मङपूको खेल मैदानमा स्टेडियम बनाउन परे कुनै असुविधा हुने थिएन भन्ने जानकारी निर्देशकलाई गराइएको छ भने निर्देशक डा० राईले पनि म्यानेजरहरुको सभा राखेर हरसम्भव पहल गरिदिने बचन दिएको छ | यसरी नै व्यवस्थापक एनके बराइलीले आफू पनि सोही विधालयको भुतपुर्ब विधार्थी र भूमिपुत्र अधिकारी भएकोमा पुरानो संस्कार, संस्कृति र गरिमालाई फर्काइ ल्याउन बिधालयलाई व्यक्तिगत अनि विभागीय सहयोग दिने बचन दिएका छन् | निर्देशक अनि व्यवस्थापक दुवैले नव शिक्षक प्रभारी चन्द्रकला राईलाई सिन्कोनाको पक्षबाट पूर्ण सहयोग दिने बचन दिंदै बिधालयको उत्तरोतर प्रगतिको कामना सहित शिक्षक प्रभारीलाई बधाई दिएका छन् ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles