Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

बिमल गुरुङको आदेश अनुसारको जनजाति महासंघ बनाइनु पर्ने माग

$
0
0
Scheduled Tribe status to hill communities
गत १० जूनको दिन गोजमुमो केन्द्रीय समिति अध्यक्षको आह्वानमा पात्लेबाँस  स्थित कार्यलयमा पहाडको दश जाति जो जन जातिको नित्मी संघर्षरत छन् उनीहरुलाई लिएर एक जरुरी सभा सम्पन्न गरेर जनजातिको मुद्दालाई अझ तिब्रतासंग अघि बडाउन बर्तमान जन जाति महासंघलाई पुनर्गठन गर्नको निम्ति प्रत्येक जातबाट जति नै समुह भए पनि दुइ – दुई जना प्रतिनिधि लिएर महासंघ पुनर्गठन गर्ने सल्लाह अनुसार अखिल भारतीय गुरुङ तमु बौद्ध संगठनबाट प्रतिनिधिहरु पठाइएपनि अझसम्म सो महा संगठन पुनर्गठन हुन सकेको छैन् | बर्तमान जन जाति विषय केन्द्रमा एउटी प्रकारको डकुमेन्टहरु बुझाउनलाई केके गुरुङ र पुकार गुरुङको पहलमा ९ जुलाईको दिन दुवै संगठनलाई निम्ताएर जीडीएनएस प्रेक्षागृहमा सभाको आयोजन गरेको थियो तर दुर्भाग्यवश महासंघले सोही दिन कालेबुंगमा रयाली गर्ने कार्यक्रम बनाएर जीडीएनएसको कार्यक्रमलाई असफल बनाउने षड्यन्त्र गरेको बुझिएको छ | सो रयालीमा गुरुङ बौद्ध संगठनले भाग लिने छैन | केन्द्र सरकारसंग गुरुङको डकुमेन्टहरुमा एकररुपता नाएर जन जातिको मागमा असुविधा परे सर्व भारतीय गुरुङ संगठनको कन्चन गुरुङ नै दायी हुने छ | यथाशिघ्र बिमल गुरुङले पहल गरेको महासंघको पुनर्गठन गरिनु पर्ने आवश्यक छ | आजको समय भनेको रयाली गर्ने होइन तर डकुमेन्ट्स तयार गरेर केन्द्रमा लैजान पर्ने समयको माग छ | महा संघको पदबाट हटाइन्छ भनेर व्यक्तिगत स्वार्थ र पदको निम्ति काम गर्ने गुरुङ संगठनको नेता कन्चन गुरुङले जनहितको निम्ति स्वार्थ त्याग्नु पर्ने सुझाव अखिल भारतीय गुरुङ तमु बौद्ध संगठन राष्ट्रीय समिति मूलसचिव दिलिप गुरुङले एक विज्ञप्ति मार्फत जनाएको छ ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles