Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

दार्जीलिंग प्रेस गील्डको चुनावी सभा सम्पन्न

$
0
0
Darjeeling Press Guild Election 2019
दार्जीलिंग प्रेस गिल्डको वार्षिक कार्यक्रम संगै चुनावी सभा सिटोङ स्थित याक्सा होम स्टेमा सम्पन्न भयो | हरेक वर्ष गिल्डको वार्षिक सभा गर्दै पुरानो समितिलाई विघटन गरि नयाँ प्रतिनिधिको चुनावद्वारा चयन गरेर समिति गठन गरिन्छ | चुनाव अधिकारी मोहन लामाको निरीक्षणमा चलेको चुनावले पुरानो समितिमा सभापति संजय विश्वास अनि सचिव प्रणव छेत्री रहेको थियो भने यसपल्टको चुनावले सभापति विवेक छेत्री, सचिवमा प्रणव छेत्रीलाई नै चयन गरेको छ | यसरी नै कोषाध्यक्षमा रेजा प्रधान, सहसभापति केशर मोक्तान, सहसचिव विनय शंकरलाई चयन गरिएको छ | चुनाव कार्यक्रम पश्चात गिल्डले वार्षिक साधारण सभा साथै बनभोजको पनि आयोजन गर्यो जसमा गिल्डका सदस्यहरुले रमाइलो नाँच गान गर्दै आगमी दिनहरुमा पनि यसरी नै प्रतिबद्ध अनि संगठित भएर निष्पक्ष, निस्वार्थ सेवा गर्ने प्रण लिएको छ | रबिन गिरीको सभापतित्व अनि धनराज घिसिंगले संचालन गरेको कार्यक्रममा प्रेस गिल्डका दार्जीलिंग, सुखेपोखरी, खरसाङ, सोनादा, सिलिगुडी, कालेबुंग, मङपु आदिबाट आएका सदस्यहरु बाहेक अतिथिहरुमा प्रमोद गिरी, अन्सुमन चक्रवर्ती, कुन्दन योल्मो, राजिव रविदास, मणि तामांग आदि उपस्थित रहेका थिए ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles