Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

राई विकास बोर्डमाथि लगायो घोटालाको आरोप

$
0
0
corruption blame to Rai Development Board
तृणमूल कंग्रेस नेता मिलन डुक्पाले राई विकास बोर्डले व्यापक घोटाला गरिरहेको आरोप उठाएका छन्। जसले आलुबारी निवासी तृणमूल कंग्रेस कार्यकर्ता मञ्जु राई र बन्दना राईको घर निर्माण कार्यको थालनी एक सप्ताहभित्र शुरू नभए मुख्यमन्त्रीसमक्ष उजुरी गर्ने चेताउनी दिएका छन्।
बन्दना राईको घर निर्माणको लागि 7 जून 2017-मा नै 1 लाख 5 हजार रूपियाँ राशि उनको पासबुकमा जमा भएको थियो, तर राई विकास बोर्डले यो राशि फर्काउन लगाएको थियो। तर यो राशि राई विकास बोर्डले आफ्नो हातमा लिएपछि अहिलेसम्म उनको घर निर्माणको लागि चाहिने एउटा ईंटा पनि नदिएको बन्दनाले आरोप लगाइन्। यसरी नै राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले 5 सितम्बर 2018-को दिन यहाँको चौरास्तामा आयोजित शिक्षक दिवस समारोहबीचै घर निर्माणको किस्तास्वरूप मञ्जु राईलाई 1 लाख रूपियाँको चेक प्रदान गरेकी थिइन्। मञ्जुले यो चेक आफ्नो व्याङ्क एकाउण्टमा जमा गरेकी थिइन्, तर यो रकम राई विकास बोर्डले फर्काउऩ लगाएको उनले बताइन्। जसको साटो राई विकास बोर्डले मञ्जुको घर निर्माण गर्नको लागि आवश्यक सामानहरू ल्याइदिने वचन दिएको थियो। तर यतिका समय बितिसक्दा पनि मञ्जुको घर निर्माणको लागि रोई विकास बोर्डले केही नदिएको उनले जनाइन्।
उनले भनिन्-राई विकास बोर्डले 29 अक्टोबरको दिन मलाई विकास बोर्डको कार्यालयमा बोलायो अनि मेरो एटीएम कार्ड, पास बुक सबै माग्यो। यसपछि 24 दिसम्बर 2018-को दिन मात्रै मैले आफ्नो पासबुक, एटीएम कार्डहरू फिर्ता पाएँ। तर अहिलेसम्म पनि घऱ निर्माणको काम शुरू नभएको कारण हिजो यसबारे जिल्लापालसमक्ष एक पत्र प्रदान गरेका छौं। यसबारे तृणमूल कंग्रेस नेता मिलन डुक्पाले भने-राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले प्रत्येक जात-गोष्ठीको विकास गर्ने परिकल्पना तयार पारेर नै जातगत विकास बोर्डहरूको गठन गरिदिएकी हुन्। यी बोर्डहरूले गरीब जनता वा सदस्यहरूको घर निर्माण गर्ने कार्य पनि गर्दै आइरहेका छन्। तर राई विकास बोर्डले लाभार्थीहरूको घर निर्माण गर्न धेरै समय लगाइरहेको छ, यसैकारण आज हामी सञ्चार माध्यमको सहयोग लिन यहाँ आउन बाध्य बनेका हौं। राज्यकी मुख्यमन्त्रीले दिएको चेकको राशिसमेत दिन नचाहेको यहाँ स्पष्ट भएको छ। यसको विरोधमा उनले राज्यका मन्त्री अरूप विश्‍वास, गौतम देव लगायत राज्यकी मुख्यमन्त्रीलाई पनि अवगत गराउने चेताउनी दिएका छन्।

http://pratibymba.com

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles