Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

महिनाव्यापी विन्टर फूटबल कोचिंग क्याम्पको समापन

$
0
0
Mungpoo winter football coaching camp
मङपु खेलकुद मैदानमा महिनाव्यापी चल्दै आइरहेको अल मङपु विन्टर फूटबल कोचिंग क्याम्पको आज समापन भएको छ | क्षेत्रका फूटबलप्रेमी नानीहरुलाई शिक्षा क्षेत्रमा मात्र अग्रसर नगराएर बर्तमान प्रतिश्पर्दाको युगमा शाररिक, बौद्धिक अनि मानशिक रुपमा पनि विकशित पार्ने उदेश लिएर अघि आएको मङपु सिन्कोना वेलफेयर अर्गनाइजेशनको तत्परतामा सम्पन्न भएको कोचिंग क्याम्पमा १०० भन्दा अधिक नानीहरुले अंश ग्रहण गरेका थिए | प्रशिक्षकहरु सन्तोष विश्व, राजा गुरुङ, सहप्रशिक्षक अभिषेक गहतराज, रुपक थापा, गगन थापा, रोहित गुरुङ, भिषण गुरुङ आदिको कुशल प्रशिक्षणमा नानीहरुले महिनौं दिनसम्म फूटबल सम्बन्धि विभिन्न तक्निकीय शिक्षाहरु लिएका थिए | आज आयोजित समापन कार्यक्रममा १० वर्ष मुनिकाहरुलाई मङपु अरेन्ज अनि मङपु ब्ल्यु टीम बनाएर खेल सम्पन्न गरियो भने १५ वर्ष मुनिकाहरुलाई पनि उस्तै प्रकारले खेल सम्पन्न गरियो | अन्तमा महिना दिनको प्रशिक्षणपछि ती प्रशिक्षनार्थी नानीहरुलाई आयोजकको पक्षबाट प्रमाण पत्र पनि प्रदान गरियो | दिलिप गुरुङ प्रधान अध्यापक पानीघट्ट उच्च विधालयको सभापतित्व साथै हर्क पाख्रीनद्वारा संचालित कार्यक्रममा मुख्य अतिथि मङपु आउट पोस्ट प्रभारी पासांग तामांग. विशिष्ट अतिथि शुक्र राई शिक्षक आरकेएसपी दार्जीलिंग, बुद्ध लामा एस आई दार्जीलिंग, अनि अन्य अतिथिहरुमा किशोर थापा, निर्मल छेत्री, सुदर्शन तामांग, योगेश राई, गोपाल तामांग, बिकाश राई, सान्डुप मोक्तान, बशन छेत्री, समिर मोक्तान, दीप थापा, राम थापा आदिको उपस्थिति रहेको थियो ||  

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles