Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

जोगीघाटमा चार दिवसीय सांस्कृतिक मेला शुरु

$
0
0
Jogighat Mela 2019
मङपुको जोगीघाटमा आजदेखि चार दिवसीय सांस्कृतिक मेला शुरु भएको छ | जोगीघाट मेला आयोजक समिति लाब्दा विभागको आयोजनामा आजदेखि शुरु भएको मेला आगमी ६ फरवरीसम्म रहनेछ | लाब्दा सिन्कोना बगान गयाङमेन एमबी रसाइलीको सभापतित्वमा सम्पन्न आजको उध्घाटनी कार्यक्रममा प्रमुख अतिथि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन उपाध्यक्ष अनित थापाको बिशेष उपस्थिति रहेको थियो | चारैतिर मेला हुने क्रममा जोगीघाट सांस्कृतिक माघे मेला आयोजक समितिले मेलाकै अवसर पारेर लाब्दा विभागभित्रका विभिन्न विधामा उपलब्धि कमाएका व्यक्तिहरु, वरिष्ठ नागरिक, विभिन्न विभागबाट अवकाश प्राप्त कर्मचारी आदिलाई सम्बर्धना जनाउने काम पनि गरेको छ जसमध्ये नालीडाँडाका स्थानीय रुपले चियावाला बाजे भनेर चिनिने १०६ वर्षीय वृद्ध हर्क बहादुर गुरुङलाई पनि ससम्मान सम्बर्धना जनायो | मुनाल घिसिंग अनि सुरेखा गुरुङद्वारा संचालित कार्यक्रमलाई विभागीय गयाङमेनको बाहुलीबाट दीप प्रज्वलन गरेर शुभ उद्घाटन गरिएको थियो भने मेला आयोजक समिति सचिव विभोर तामांगले उपस्थित सम्पूर्णलाई स्वागत जनाएका थिए जसमा दिपेन योन्जनले सम्पूर्णलाई महत्वपूर्ण सहयोग साथै उपस्थितिको निम्ति कृतज्ञता प्रकट गरे | मेला मात्र नभएर यसै कार्यक्रम अवधि आयोजक समितिले घरमा पालिएका कुकुरहरुलाई एन्टीरेबिजको भेस्सिन गरिने काम पनि गर्यो भने साँझको कार्यक्रममा नेपालका चर्चित गायिका तृष्णा गुरुङ साथै कालेबुंगका सांगीतिक ब्याण्ड, अनि स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो | आयोजक समितिले आगमी ६ फरवरीसम्म हुने मेला कार्यक्रममा वारीपारीका सम्पूर्णलाई हार्दिक स्वागत गरेको छ ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles