Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

विनयपन्थी गोजमुमोको भाजपा विरोधी अभियान शुरु

$
0
0
Anti BJP campaingn by Binay Tamang led GJM
विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाले भाजपा विरोधी अभियान शुरू गर्यो। आज यसै विषयलाई केन्द्र गरेर अनि राज्यकी मुख्यमन्त्रीको नेतृत्वमा गठन हुने तेस्रो मोर्चालाई समर्थन जनाउनको लागि नै गोजमुमो महासचिव अनित थापाले खरसाङमा एक जनसभाको आयोजना गर्यो। यस जनसभालाई सम्बोधन गर्ने क्रममा थापाले राज्यकी मुख्यमन्त्रीले गोर्खा जातिको परिचय रक्षाको लागि उचित पहल गर्ने दिएको बयानको स्वागत जनाउँदै गोजमुमोले आगामी लोकसभा चुनाउमा तेस्रो मोर्चालाई  पूर्ण समर्थन जनाउने घोषणा गरे।
यद्यपि, उनले दार्जीलिङ लोकसभा आसनबाट स्थानीय उम्मेद्वार नै खडा हुनपर्ने वा खडा गराइने पनि जनाए। गत 23 जनवरीको दिन यहाँको चौरास्तामा एक कार्यक्रमलाई सम्बोधन गर्दै राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले दार्जीलिङ पहाडको लागि स्थायी समाधान गरिदिने साथै गोर्खा जातिको चिन्हारी रक्षाको लागि आफ्नो पक्षबाट उचित पहल गरिदिने वचन दिएकी थिइन्। यसपछि गोजमुमो समर्थकहरूमा व्यापक खुशी छाएको छ भने पार्टीले विभिन्न स्तरमा सभा, बैठक आदि गरेर मुख्यमन्त्रीलाई धन्यवाद दिने कार्य जारी राखेको छ। यसका साथै पार्टीले दार्जीलिङ पहाडभरि पोस्टरिङ गरेर तेस्रो मोर्चालाई पार्टीको तर्फबाट पूर्ण समर्थन रहेको घोषणा गरिरहेको छ।

मुख्यमन्त्रीले भनेकी थिइन्-देशमा तेस्रो मोर्चाको सरकार गठन भए गोर्खा जातिका 11 वटा जात-गोष्ठीलाई जनजातिको मर्यादा दिलाउऩे काम अवश्यै गरिनेछ। यसका साथै उनले दार्जीलिङ पहाडको लागि भाजपा नेतृत्वावधीन केन्द्र सरकारले केही नगरेकोमा क्षोभ व्यक्त गर्दै आगामी दिनमा देशमा अर्को सरकार वा तेस्रो मोर्चाको सरकार गठन भए दार्जीलिङ पहाड वा गोर्खा जातिको लागि धेरै काम गरिदिने वचन दिएकी छन्। जसको लागि आज गोजमुमो महासचिव अनित थापाले मुख्यमन्त्रीप्रति आभार व्यक्त गरेका छन्। थापाले भने-दार्जीलिङ पहाडका जनताले भाजपालाई 10 वर्षको समय दिए, तर यसको साटो भाजपाले दार्जीलिङ पहाडलाई केवल धोका दिएको छ। यस धोकाको जवाब दिने समय आएको छ।
स्मरण गराइन्छ, वर्ष 2009-मा गोजमुमोका तत्कालीन अध्यक्ष विमल गुरूङको निर्णयअनुसार, गोजमुमोले भाजपालाई समर्थन जनाएको थियो अनि त्यस चुनाउमा भाजपा उम्मेद्वार जसवन्त सिंहलाई भारी मतले विजयी बनाएर संसद पुर्याइएको थियो। तर वर्ष 2009-मा केन्द्रमा भाजपाको सरकार गठन भएन। यसपछि 2014-मा पुनः गोजमुमोले भाजपा उम्मेद्वार एसएस आहलुवालियालाई सांसद बनाएर पठायो, केन्द्रमा भाजपाको बहुमतको सरकार गठन भयो। तर गोजमुमोले राखेको मागमाथि यो सरकारले रत्तिभर पनि काम गरेन। अलग राज्यको मागमाथि मात्रै होइन, 11 वटा जातलाई जनजातिको मर्यादा दिने मागमाथि पनि यो सरकारले केही नगरेपछि गोजमुमोसँगै पहाडका जनता भाजपासित गतिलैसित रिसाएका छन्। यसैले संसदको आगामी बजेट अधिवेशनमा पनि 11 वटा जातलाई जनजातिको दर्जा दिने कुनै ठोस काम नभए, भाजपाले दार्जीलिङ लोकसभा आसन अवश्यै गुमाउनेछ। जहाँबाट भाजपाले बंगालमा आफ्नो वीजारोपण शुरू गरेको थियो।


Viewing all articles
Browse latest Browse all 3853

Trending Articles