Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

चुनाउ चिन्ह्र जेसुकै होस् भोट चाहिं गोर्खालाई नै दिनुपर्छ –अनित थापा

$
0
0
Gorkha Janmukti Morcha Shakti pradarshan in Kurseong
लोकसभा चुनाउको तयारीमा लागिपरेको गोर्खा जनमुक्ति मोर्चाले आज  खरसाङ महकुमा समितिको आयोजनामा खरसाङको मोटर स्ट्याण्डमा जनसभा गरेर शक्ति प्रदर्शन गरेको छ। खरसाङ महकुमा समितिक्षेत्रकामात्र समर्थकहरूलाई लिएर सम्पन्न उक्त जनसभामा बाक्लो जनभीड़ रहेको थियो। गोजमुमो खरसाङ महकुमा समितिको सभापति किशोर थापाको अध्यक्षतामा सम्पन्न जनसभामा मुख्य वक्ताको रुपमा जीटीए बीओए उपाध्यक्ष एंव गोजमुमो केन्द्रीय महासचिव अनित थापा उपस्थित थिए।
जनसभामा प्रमुख वक्ताको रूपमा बोल्दै गोजमुमो महासचिव अनित थापाले यसपालिको लोकसभा चुनाउमा चिन्ह्र जेसुकै भए पनि भोट चाहिं गोर्खालाई दिनुपर्ने आह्वान गर्दै गोजमुमो पनि भुमिपुत्र प्रार्थीकै पक्षमा रहेको स्पष्ट सङ्केत दिएका छन्। तथापि प्रार्थीको नामको खुलासा भने केही दिनपछिमात्र गर्ने थापाले बताए। उनले अघि भने – ” आजको जनसभा गर्नुको मुख्य कारण राज्यकी मुख्यमन्त्रीले दार्जीलिङ आएर गोर्खाहरूको राष्ट्रिय चिन्हारीको स्थायी समाधानको लागि काम गरिदिने भएकोले हामी सम्पूर्ण गोर्खाहरूका पक्षमा धन्यबाद दिन राखिएको हो। बंगालको कुनै पनि मुख्यमन्त्रीले यसरी पहिलोपल्ट भनेको कारण यो हाम्रो लागि ऐतिहासिक जीत हो, अहिले राज्यकी मुख्यमन्त्रीसित हाम्रो राम्रो सम्बन्ध छ, हामी मिलेर काम गर्न चाहान्छौं अनि यस बिषयमा ढाँट्ने कुरा नै आउँदैन तर राज्यसित मिलेर काम गर्नु नै सही रहेछ।”
जनसभामा अनित थापाले डेढ़ वर्ष अघि खरसाङमा गरेको संघर्षका कुराहरू सम्झना गर्दै आफुहरूले जातिको लागि ठूलो जोखिम उठाएको अनि यो अहिले सफल हुँदै गएको बताए। गोजमुमोको नेतृत्वमा आन्दोलन भयो। जलाउने र तोड़फोड़ भयो अनि लामो समयसम्म बन्द पनि भयो। तर नेताहरूको छोरा छोरीहरू सुरक्षित र बन्दोबस्तमा थिए। जातिलाई खाड़लमा जानु नदिनुलाई बिनय दाजु र मैले ठूलो रिस्क उठाएको थिए।त्यतिबेला त्यो घाँटीमा अड़्किएको विष जस्तै भएको थियो, तर खरसाङवासीले मलाई सहयोग गरे अनि खरसाङबाट विस्तारै कालेबुङ र दार्जीलिङ लगी जनतालाई बुझाउँदै गयौं। अहिले आएर जनताले बुझ्दैछ, थापाले भने।

न्दोलन नै गर्नु थियो भने किन चौकीमा बस्नु भन्ने कटाक्ष गर्दै थापाले भने- सुवास घिसिङले 1986 मा आन्दोलन गरेर दागोपापको चौकीमा बसे। विमल गुरूङले आन्दोलन गरेर जीटीएको चौकीमा बसे । मैले गोर्खाल्याण्ड माग्ने तरिका भएन भन्दा विभिन्न प्रकारको आरोप लगाइयो। धम्की दिने काम भयो। तर पनि मैले धेरै संघर्ष गरेर गोर्खाल्याण्ड माग्ने तरिका जनतालाई बुझाए। दिल्लीमा गोर्खाल्याण्डको लागि वार्ता गर्न जाँदा पहिले कलकत्तालाई बुझाएर आउनु तब कुरा हुन्छ भनेर केन्द्र सरकारले भनेपछि नै आफूहरू राज्यसित मिलेकाो पनि उनले दावी गरे।
महासचिव अनित थापाले खरसाङ महकुमा अस्पताललाई सुव्यवस्थित गर्ने, खरसाङको पार्किङ समस्याको समाधान गर्ने पनि आजको जनसभाबाट घोषणा गरे। आफू चौकीमा बसेपछि 365 दिनमा 30 दिन पनि घरमा नबसेको बरू दिनरात कमान बस्ती र गाउँ- गाउँ गएर विकासको कार्य गरिरहेको पनि दावी गरे। उनले चिया श्रमिक र सिन्कोना बगानको समस्याहरू समाधान गर्न मुख्यमन्त्रीसित कुरा गरेको पनि बताउँदै आगामी दिनमा पनि घर-घरमा गएर विकास गर्ने पनि वाचा गरे।
गोजमुमो खरसाङ टाउन कमिटीको सांगठनिक सचिव बलराम छेत्रीले सञ्चालन गरेको जनसभामा स्वागत वक्तव्य महकुमा समितिको सचिव अनोश थापाले राखेका थिए। जनसभालाई डीटीडीपीएलयु केन्द्रीय सभापति करूणा गुरूङ, नारीमोर्चा केन्द्रीय अध्यक्षा छिरिङ दाहाल, खरसाङ नगरपालिकाको वार्ड पार्षद सुवास प्रधानले पनि वक्तव्य दिएका थिए। जनसभामा खरसाङका विधायक डा रोहित शर्मा, खरसाङ नगरपालिका अध्यक्ष कृष्ण लिम्बु, उपाध्यक्ष ब्रिगेन गुरूङ, जीटीए बीओए सदस्याहरू अनु प्रधान र जैतुन निशा, पूर्व सभासदहरू रतन थापा , योगेन्द्र राई, प्रभा छेत्री, केन्द्रीय सदस्यहरू लगायत खरसाङ महकुमा अन्तर्गत 10 वटै समष्टीको पार्टी पदाधिकारीवर्ग र कार्यकर्ताहरू उपस्थित थिए।

http://pratibymba.com

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles