Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

एनएचपीसी टीएलडीपी चरण तीनमा गणतन्त्र दिवस पालन

$
0
0
NHPC TLDP stage 3 celebrates 70th Republic Day
टीस्टा लो ड्याम चरण तीन रम्बीले पनि देशको ७० औं गणतन्त्र दिवस पालन गर्यो | यहाँको सीआइएसएफ मैदानमा आयोजित गणतन्त्र दिवस कार्यक्रममा  चरण तीनका कर्मचारीहरु, सीआइएसएफका जवानहरु, केन्द्रिय विधालयका कर्मचारी तथा विधार्थीवर्ग साथै स्थानीय मानिसहरुको पनि भेला जमेको थियो | कार्यक्रमका मुख्य अतिथि जेनेरल म्यानेजर एसके अगरवालको बाहुलीबाट झन्डोत्तलन गरि शुरु गरिएको कार्यक्रममा मीना अगर्वाल सभापति नारी क्लब, ससाधर दास जेनेरल म्यानेजर (इलेक्ट्रिकल), बी दास प्रिन्सिपल केन्द्रीय विधालय साथै चरण तीनका सिनियर अधिकारीहरु पनि उपस्थित रहेका थिए | कार्यक्रममा सीआइएसएफका अनि सुरक्षा बलका  जवानहरुद्वारा परेड प्रदर्शनीहरु पनि सम्पन्न भयो | कार्यक्रम अवधि सीआइएफका जवानहरु साथै केन्द्रीय विधालयका विधार्थीहरुद्वारा ड्रिल प्रदर्शनी अनि सांस्कृतिक रंगारंगी कार्यक्रमहरु पनि समपन्न भयो | जुन कार्यक्रममा उपस्थितिवर्गमा मिठाई बाँडेर हर्सोलासको साथ देशको ७० औं गणतन्त्र दिवस पालन गरिएको थियो भने कार्यक्रमको अन्तमा जेनेरल म्यानेजर एसके अगरवाल अनि मीना अगरवालको बाहुलीबाट विभिन्न कार्यक्रममा सहभागिता दिनेहरुलाई पुरस्कार वितरण पनि गरिएको थियो ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles