Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

फ्लिपकार्टमा अब उपमा प्रकाशनको नेपाली पुस्तकहरू पनि उपलब्ध

$
0
0
Upama prakashan nepali book available in flipkart
अनलाइन मार्केटिङमा कालेबुङको उपमा प्रकाशनले पाइला टेकेको छ। नेपाली साहित्यका पुस्तकहरू विभिन्न ठाउँहरूका पाठकहरूले सहजै किनेर पढ्न सक्ने सुविधा नभएपछि उपमा प्रकाशनले पाठकहरूलाई उक्त सुविधा प्रदान गर्न पहल गरेको हो। अनलाइन व्यापार गर्ने फिल्पकार्ट मार्फत उपमा प्रकाशनले नेपाली साहित्यका पाठकहरूले पुस्तक किनेर पढ्न सक्ने सुविधा उपलब्ध गराएको छ।
यसबारे उपमा प्रकाशनका उमेश उपमाले आज एक पत्रकार भेलामा जानकारी गराएका छन्। ‘नेपाली साहित्यका पाठकहरूले अहिलेसम्म चाहेका पुस्तकहरू पाउन नसकेको गुनासोहरू छ। त्यहीँ गुनासोहरूलाई ध्यानमा राख्दै पाठकहरूसम्म पुस्तक पुर्याूउन उपमा प्रकाशनले फिल्पकार्ट मार्फत पहल सुरु गरेको हो’ उमेश उपमाले भने।
उनले अहिले प्रारम्भमा अनलाई फिल्पकार्ट मार्फत् नेपाली साहित्यका पाठकहरूले इन्द्रबहादुर राईको ‘सम्पूरक’, सञ्जय विष्टको जुनजस्तै घाम, सुधीर छेत्रीको ‘फेरी अर्को अनुष्टुप लगायत अन्य पुस्तकहरू पनि उपलब्ध रहेको भन्दै आगामी दिनहरूमा उपमा प्रकाशनद्वारा प्रकाशित सबै पुस्तकहरू उपलब्ध हुने पनि जानकारी दिएका छन्। यसक्रममा उनले नेपाली साहित्यका पाठकहरूलाई अन्य प्रकाशनहरूले प्रकाशित गरेका पुस्तकहरू पनि उपलब्ध गराउने प्रयास गरिने बताएका छन्।
‘नेपाली साहित्यका पाठकहरू देशका विभिन्न ठाउँहरूमा छरिएका छन्। उनीहरूले हामीलाई फोन गरेर पुस्तक नपाएको गुनासो राख्छन्। यसर्थ हामीले बाहिरका पाठकहरूलाई अनलाइन पुस्तक किन्ने सुविधा दिनका निम्ति यो पहल गरेका हौँ’ उमेश उपमाले भने।

http://pratibymba.com/

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles