Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

जीटीए असुरक्षित कर्मचारी संगठन विघटन गर्दै संगठनबाट जीटीए नाम हटाइयो

$
0
0
Asurakshit Karmachari Sangathan Darjeeling
गोजमुमो अध्यक्ष विनय तामाङले जीटीए असुरक्षित कर्मचारी संगठनलाई नै विघटन गरिदिए। यसको ठीक अर्कोतर्फ यस संगठनले पनि आफ्नो नामबाट जीटीए हटाएर असुरक्षित कर्मचारी संगठन दार्जीलिङ बनायो। जीटीएका विभिन्न विभागमा कार्यरतd लगभग  1,500 जना कन्टिन्जेन्ट म्यानुअलका कर्मचारीहरूले गत वर्षको गोर्खाल्यान्ड आन्दोलन कालदेखि नै वेतन पाउन सकेका छैनन् अर्थात उनीहरूको कामलाई पुनर्बहाल गर्नुपर्ने माग लिएर विगत केही समयदेखि संघर्ष गरिरहेका छन्। यसै विषय लिएर आज जीटीए वा गोजमुमो अध्यक्ष विनय तामाङले यस संगठनका प्रतिनिधिहरूलाई लालकोठीमा बोलाएका थिए। यसै क्रममा तामाङले उनीहरूद्वारा गठित जीटीए असुरक्षित कर्मचारी संगठन नै विघटन गरिएको घोषणा गरे।
यद्यपि, तामाङले यी कर्मचारीहरूमध्ये 1,257 जनालाई पुनः काममा लगाउने विषय लिएर सरकारसित वार्ता गरिरहेको बताउँदै यसको लागि जीटीए उपाध्यक्ष अनित थापाको नेतृत्वमा 4 सदस्यीय निरीक्षण कमिटीको गठन गरिएको जानकारी गराए। जसले यी कर्मचारीहरूबारे निरीक्षण गर्ने भएको छ। यस कमिटीको निरीक्षणपछि पुलिसले पनि यसमाथि जाँच गर्ने भएको उनले जनाए।
यसैबीच, संगठनले दार्जीलिङ पहाडमा हुने चुनाउअघि नै उनीहरूको काम पुनर्बहाल होस् भन्ने पनि चाहेको छ। यसबारे तामाङले भने-वर्ष 2012-मा जीटीएको स्थापना भएपछि जीटीएका तत्कालीन अध्यक्ष विमल गुरूङले यी कन्टिन्जेन्ट म्यानुअलका कर्मचारीहरूको नियुक्ति गरेका थिए। जसको लागि त्यस समय प्रति कर्मचारी जीटीएबाट 9,000 रूपियाँको दरले मासिक वेतन भुक्तान हुने गरेको देखाइएको छ। तर यी कर्मचारीहरूमध्ये कसैले 2,000 देखि 4,000 रूपियाँ मात्रै वेतन दिने गरेका थिए। उनीहरूको नियुक्तिको लागि कुनै आधिकारिक निर्देश छैन अनि न उनीहरूसित नियुक्ति पत्र नै छ। यसैले उनीहरू आफ्नो काम पुनर्बहाल गर्नको लागि अदालत नै गए पनि उनीहरूको मुद्दा विफल बन्नेछ।
यसका साथै उनले आजदेखि जीटीए असुरक्षित कर्मचारी संगठन गोजमुमोको भ्रातृ संगठन नरहने घोषणा गरे। यता आजदेखि असुरक्षित कर्मचारी संगठन दार्जीलिङ बनेको यस संगठनकी सचिवा ज्योत्सना राईले भनिन्-हामी पार्टीको कर्मठ सदस्यहरू हौं। पार्टीप्रति हाम्रो माया अलिकति पनि कम्ति भएको छैन। यसैले आजदेखि यस संगठनलाई एक स्वतन्त्र रूपमा अघि बढाएर लगिनेछ। यसैबीच, यस संगठनले आगामी केही दिनभित्र एक कार्यक्रम गर्ने योजना बनाएको पनि उनले जानकारी गराइन्।

http://pratibymba.com

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles