Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

सिम्बिडियम अर्किड पार्कको कालो अर्किड हेर्ने पर्यटकहरुको घुइँचो बढ्दैछ

$
0
0
Varieties of Orchid inside Cymbidium Orchid Park Mungpoo
अर्किड पार्क भित्रका विभिन्न प्रजातिका अर्किडहरु
मङपु, ४ दिसम्बर, राजेश थापा: सिम्बिडियम अर्किड पार्क मङपुको अर्किडले हाल सिन्कोना बगान, रबिन्द्र संग्रहालयपछि क्षेत्रलाई नै प्रतिनिधित्व गर्दै विश्वसामु परिचय दिन थालेको छ | जसको प्रमाण दिनोदीन विभिन्न प्रजातिका अर्किड हेर्न धुइरो लाग्ने पर्यटकहरुको उपस्थितिलाई हेरेर पनि मान्न सकिन्छ | प्राय: १५० प्रजातिका सिम्बिडियम अर्किड रहेको यस पार्कमा आएका पर्यटकहरुले मनोहर फूलहरु हेर्दै घण्टौसम्म समय व्यतित गर्ने गर्छ भने रङ्गी-विरंगी अर्किड फुलेको बिचमा आफैलाई राखेर सेल्फी खिच्न धेरै रुचाएको पाइएको छ | यसरी फूल हेर्न आएका पर्यटकहरुले आफ्नो भ्रमणपछि फूलहरुको तस्वीर सामाजिक संजालहरु जस्तै फेसबुक, वाट्सएपआदितिर हालेको कारण झनै एकपछि अर्को गर्दै पर्यटकहरुको भ्रमण संख्या बढ्दै गइरहेको छ | हालमा सिम्बिडियम अर्किड फूल्ने समय रहेकोले देश-विदेशबाट पर्यटकहरु आएर फूलको सौन्दर्यमा लालयित बनेको पाइन्छ भने बिशेष रुपले सिलिगुडी, कोलकाता अनि दिल्लीका पर्यटकहरु नै बडी मात्रामा फूल हेर्न आइरहेको जानकारी प्राप्त भएको छ | यसै पार्कका इन्चार्ज सतिश राईले बताए अनुसार पर्यटकहरुले अर्किडहरु मध्येमा पनि कालो अर्किड, मिड नाइट, फ्लेमिंगो, बुलाई, इजेलफ्ल्ये आदि प्रजातिको फूल हेर्न बडी रुची राखेको थाहा लागेको छ | यहाँ फुलेका अर्किडहरु अस्ट्रेलिया, होल्याण्ड, सिक्किम अनि दार्जीलिंगभित्रकै कतिवटा ठाउँहरुबाट संकलन गरि खेती गरिएको हो | यसै पार्कबाट हाल अर्किडका कट फ्लावर पनि यसको दर्जानुसार बिक्री गरिन्दैछ जसमा ए प्लसलाई २२० रुपियाँ, एलाई २०० रुपियाँ, बीलाई १७५ रुपियाँ अनि सीलाई १५० रुपियाँको दरमा बिक्री गरिरहेको जानकारी छ भने धेरै मात्रामा कट फ्लावरहरु सिलिगुडी पठाइने गरिन्छ जहाँदेखि अन्य राज्यहरुतिर पनि निर्यात गरिन्छ | विगत २०१२ मा सिन्कोनाका पूर्व निर्देशक डा० जीसी सुब्बाको अथक प्रयासमा शुरु गरिएको यस सिम्बिडियम अर्किड पार्कमा २०१४मा आएको विनाशकारी तुफानले हटहाउसनै भत्काइदिएपछि केही सुस्त बनेको अर्किड पार्कले बर्तमान सिन्कोना निर्देशक डा० सामुयल राईको सही दिशा निर्देश अनि सहभागिताले पुन: गति पक्रेको छ जसको कारण फूलको बजारीकरणमा वृद्धि हुँदै अझ आउँदो वर्षहरुमा अझ बडाएर लाने उर्जा प्राप्त भएको पार्क प्रभारी सतिश राईले बताएका छन् || 

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles