केशर मोक्तान:मङपू दुई दिवशीय बार्षिक दिपावली खेलकुद दोस्रो दिन सिन्कोना बगान व्यवस्थापक गोपाल लामिछानेको अध्यक्षतामा सम्पन्न भयो | अध्यक्षको बाहुलीबाट मशाल प्रज्वलन गरेपछि अन्तर विभागीय खेलकुद प्रतियोगिताको आरम्भ गरियो | शुरुमा रेसेप विभागका नानीहरुले स्वागत संस्कृतिक नृत्य प्रस्तुत गरे | यसरी समारोहका प्रमुख अतिथि एनएचपीसी मुख्य अभियन्त प्रभारी एसके अग्रवाल अनि बिसिष्ट अतिथि जीटीए अध्यक्ष बिनय तामाङ लगायत अअन्य अतिथिगणको बाहुलीबाट पारितोषिक बितरण गरियो | अन्तर विभागीय माझ सम्पन्न भएको खेलकुद प्रतोयोगितामा रेसेप विभाग च्याम्पियन बन्यो | आजको आकर्षक खेल केटाहरु माझ म्याराथन दौड प्रतियोगिता सम्पन्न भयो जसमा रिवाज छेत्री कालेबुङ प्रथम हेमन्त लिम्बु बासबोटे रिम्बीक दोस्रो नयन तामाङ कालेबुङले तेस्रो स्थान ओगट्न सफल बने ती विजय प्रतियोगीहरुलाई अतिथि कलाकार माया प्रधानको बाहुलीबाट पारितोषित हस्तान्तरण गरियो | कार्यक्रमको मध्यान्तरमा कालेबुङ एसयुएमआईका छात्रहरुले ब्याण्ड डिस्प्ले प्रस्तुत गरे | बिशोर कार्की अनीत खाती अनि अम्बीका गतराजले संचालन गरेको खेलकुद समारोहमा समारोहका प्रमुख अतिथि एसके अग्रवाललाई सभापति गोपाल लामिछाने अनि बिसिष्ट अतिथि जीटीए अध्यक्ष बिनय तामाङलाई संघका सचिव राम पोख्रेलको बाहुलीबाट स्मृति चिन्ह हस्तान्तरण गरियो | बार्षिक दुई दिने दिपावली खेलकुद समारोहका समापन कार्यक्रम लाब्दा विभाग द्वारा “हाम्रो घरमा” सांस्कृति कार्यक्रम प्रस्तुत गरेर सम्पूर्ण दर्शकवर्गमा मन्त्र मुघ्ध पारे | खेलकुद संग संगै सम्पन्न भएको दुई दिने मेलामा त्रिसुले फाटक चालाक संगठनले निशुल्क रुपमा पिउने पानीको सेवा पुराएका थिए |
↧