Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मङपु दिपावली खेलकुद समारोह पहिलो दिन सम्पन्न

$
0
0
Mungpoo Annual Diwali Sports Meet 2018 with GTA BOA Vice Presi Anit Thapa
मङपू खेलकुद संघको तत्वाधानमा दुई दिवसीय बार्षिक खेलकुद स्थानीय जनमैदानमा सिन्कोंना बगान व्यवस्थापक गोपाल लामिछानेको अध्यक्षतामा सम्पन्न भयो | अध्यक्षको बाहुलीबाट खेलकुदसंघको झण्डाउत्तोलन गरेपछि समारोहका प्रमुख अतिथि जीटीए उपाध्यक्ष अनीत थापाको बाहुलीबाट  मसाल  प्रज्वलन गरि खेलको शुरु गरियो | यसरी सन्त मंगल एकाडमी, शारदा हाई स्कुल साथै हिल एन्जल्स एकाडमीका नानीहरुले परेड (मार्चपास) प्रदर्शन गरे भने परेडको सलामी ग्रहण अनीत थापाले लिएका थिए |अन्तर विधालयमाझ विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भयो जसमा सिनियर विभागमा २८अंक लिएर सरस्वती उच्तर माद्यमिक विद्यालय अनि जुनियर विभागमा २७ अंक लिएर सन्त मंगल एकाडमी च्याम्पियन बने | संघका सचिव राम पोख्रेलले स्वागत सम्भाषण राखेको समारोहमा विभिन्न विधालयका नानीहरुले १०० मिटर दौड २००, ४००, ८०० मिटर दौड, डोरी तनाई, छेलो हनाइ , हाई जम्प लग जम्प आदि खेलहरु खेले | मध्यान्तरमा अथिति कलाकार माया प्रधानले मिठो मिठो गीतहरु प्रस्तुत गरे | बिशोरकार्की, सपनाखड्का,सुजीत थापा मुनाल घिसिङ शरद रावत,अर्पणा वाईबा अनि रोमन आलेले संचालन गरेको खेलकुद समारोहमा केटीमाझ म्याराथन दौड रखिएको थियो जसमा सोनियाराई अप्पर रोलक प्रथम प्रिया तामाङ सुरुक मंदोरी विधालय दोस्रो अनि रक्षानान्द थापा डाली दार्जीलिङ तेस्रो स्थान ओगटन सफल बने भने विजय प्रतियोगीलाई समारोहका अतिथि जीटीए जनसम्पर्क अधिकारी आर.पीवाईबाको बाहुलीबाट परितोषिक अनि नगद राशी हस्तानतर गरियो | 
 
Anit Thapa in Mungpoo Annual Diwali Sports Meet
आजको खेलकुद समारोहमा सांस्कृतिलाई जगेरा गर्दै लाब्दा सिन्कोना बगानको पक्षबाट खरको छानो लगाएर हाम्रो घर निर्माण गरिएको थियो जसमा तोंङबा,सुकटी,गुन्द्रुकआदि पकवानको रस्वादान अतिथिहरुले गरे | आजको समारोहमा बिसिष्ट अतिथि सिन्कोना बगान निर्देशक डा.सामुएलराई,रोंगो सिन्कोना बगान ब्यवास्थापाक बिदुर कार्की, सरस्वती विधालय प्रधान अध्यापिका चन्द्रकला राई,ज्ञानपिठ विधालय प्रधान अध्यापक बी.के गुरुङ, शारदा विधालय प्रधान अध्यापक प्रकाशचन्द्रराई, सन्त मंगल विधालय प्रधान अध्यापक मन्जीत थापा,हिल एन्जल्स विधालयका प्रधान अध्यापक मनोज मोक्तान जीटीए बीओए सदश्य अनु प्रधान आदिको बाहुलीबाट विजय प्रतियोगीहरुलाई पुरुस्कार हस्तान्तरण गरियो | कार्यक्रमको मुख्य आकर्षण एसयुएमआई कालेबुङ विधार्थीवर्गले ब्याण्ड डिस्प्ले प्रस्तुत गरेर सम्पूर्ण दर्सकवर्गलाई मन्त्रमुग्ध पारे | आज अन्तर विधालयमाझ खेलकुद प्रतियोगिता सम्पन्न भयो भने भोली ११नोबेम्बरको दिनअन्तर विभागीय खेलकुद प्रतियोगिता एवम मेला सम्पन्न हुनेछ अनि १२ नोभेम्बरको दिन यसै मङपू जनमैदानमा मङपू गोल्डकप फुटबल टुर्नामेन्टको फाईनल खेल सम्पन्न हुनेछ जसमा प्रमुख अतिथि भाईचुङभुटिया रहने भएकोछ|

Viewing all articles
Browse latest Browse all 3853