मङपु युथ क्लबको आयोजामा गत महिनादेखि सम्पन्न भइरहेको मङपु गोल्ड कपको चुडान्त खेल आज अमुक्त परिवार सिलिगुडी बनाम युनाइटेड सिक्किम फुटबल क्लबमाझ घमासान रुपमा सम्पन्न भयो | भारी दर्शक माझ सम्पन्न भएको खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन दिंदै अमुक्त परिवारको पक्षबाट जर्सी नम्बर १४ अमंदोले खेल शुरु भएको २४ सेकेन्डभित्रनै युनाइटेड सिक्किमलाई एक गोल दागेपछि सिक्किम टोलीको सातो पुत्लो उडेको थियो | तैपनि सिक्किम टीमले पनि आफ्नो कोशिश जारी राख्दै एकाधिक प्रयास गरे तर अमुक्तपरिवारको चुम्बक जस्तो गोल किप्परले सबै कोशिश नाकाम बनाइदिएका थिए | फलत: पुरावार्धको खेलमै पुन: २३ मिनटमा जर्सी नम्बर १४ ले दोश्रो गोल गरेपछि झनै विपक्षीको आत्मबल टुटेको थियो | यसरीनै उतरार्धको खेलमा दुवै टीमले गोल दाग्ने कोशिश कायम राखेतापनि थप गोल गर्न नसक्दा अन्तमा शुन्यको विरुद्ध अमुक्त परिवार सिलिगुडीले दुई गोल गर्दै युनाइटेड सिक्किमलाई परास्त गरि मङपु गोल्डकप साथै नगद राशी दुई लाख रुपियाँ हत्याउन सफल भएका छन् | स्वर्गीय तेज बहादुर तामांगको स्मृतिमा खेलाइएको यस गोल्ड कप टुर्नामेन्टमा विजयी टीमलाई ट्रफी संगै नगद राशी दुई लाख रुपियाँ अनि पराजय दललाई ट्रफीको साथमा एक लाख रुपियाँ प्रदान गरिएको थियो | फाइनल खेलका दुवै टोलीलाई सेन्ट एन्थोनीका स्कूलका विधार्थी नानीहरुले मैदान उन्मुख गराएका थिए |
रोंगो सिन्कोना बगान व्यवस्थापक विदुर कार्कीको अध्यक्षतामा समपन्न आजको फाइनल खेल कार्यक्रममा प्रमुख अतिथि अनोस थापा अनि विशिष्ट अतिथिको रुपमा फुटबल पुर्व कप्तान भाइचुंग भोटिया उपस्थित रहेका थिए भने अन्य अतिथिहरुमा अनु प्रधान, जीटीए जनसम्पर्क अधिकारी आरबी लामा, जीटीए फूटबल एसोसिएशन सचिव निर्मल गुरुङको साथमा अन्य पदाधिकारीवर्ग साथै मङपु क्षेत्रका बिशेष व्यक्ति व्यक्तित्वहरुको उपस्थिति रहेका थिए | आयोजक मङपु युथ क्लबले यसै कार्यक्रममा प्रमुक्ष अतिथि, विशिष्ट अतिथि लगायत अन्य व्यक्तिहरुलाई सम्झना स्वरूप स्मृति चिन्हहरु प्रदान गरेका थिए ||