पश्चिम बंग राज्य सरकारी कर्मचारी फेडेरेशन सिन्कोना मङपु शाखाको गठन बीएस राईको सभापतित्वमा एउटा सभा बस्दै गरिएको छ | सभाले पारित प्रस्ताव अनुसार सभापति सुमित राई, उपसभापतिहरु इन्द्र बहादुर मोहोरा, कुमार दर्जी, सानु छेत्री(भट्टराई) सचिव सुरज राई, सहसचिवहरु नेत्र दर्नाल, दिलिप कुमार थापा, सागर मुखिया, कोषाध्यक्ष मिङमा भोटिया, लेखापरिक्षक विजय कुमार तामांग, कुमारसिंह गुरुङ आदि चयन गरिएको छ | उक्त नव गठित समितिमा अन्य १६ जना कर्मचारीहरु कार्यकारिणी सदस्यको रुपमा चयन भएका छन् | किरण ब्लोनद्वारा संचालित सभामा चुनाव अधिकारीको रुपमा बीके गुरुङ उपस्थित थिए | सभामा टीएमसी पार्टीका नेतृत्वहरु क्रमश: रेजिना गुरुङ, रतन लामा, पुष्कर सन्याशी साथै अभिभावक समुहका सदस्यहरुको पनि उपस्थिति रहेको थियो ||
↧