Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

आखिर के हो त मोमो च्यालेन्ज र यसबाट कसरी बाँच्ने ? सानो समय दिनोस बचाउनलाई !

$
0
0
Killer Momo challenge information and safety precautions
दिनोदीन प्राणघातक बन्दै गइरहेको "मोमो च्यालेन्ज" (Momo Challenge) गेम को हल्ला सुनेर तपाईभित्र पनि अवश्यै जिज्ञासा पलाएको होला कि आखिर यो "मोमो च्यालेन्ज" के हो त, कसरी तपाईको मोबाइलमा आउंछ र यसबाट कसरी बाँच्ने भन्ने | कुनै आधिकारिक र प्रमाणित जानकारी एवम बाँच्ने उपायहरु आजसम्म थाहा नपाए पनि हालमा देशभरि नै यस च्यालेन्ज बारे सतर्कता साथै सचेतनामुलक लेख, कार्यक्रम आदि भइरहेको छ | यही सन्दर्भमा हाल वाट्सएप भरि एउटा अज्ञात व्यक्तिद्वारा मोमो च्यालेन्ज बिषय अनि यसबाट बाँच्ने उपाय  लेखिएको जनचेतनामुलक लेख भाइरल भइरहेको छ, यो पूर्णरुपले प्रमाणित जानकारी नहुनपनि सक्छ तैपनि यसैलाई ध्यानमा राखेर पढे आफु अनि आफ्नो साथी भाईहरुलाई यस्तो जानलेवा गेमको शिकार हुनदेखि केही हद बाँच्न अनि बचाउन सकिन्छ | 

लेखकको नाम उधृत नगरिएको कारण तिनको नाम सार्वजानिक गर्न सकिएन तैपनि सो जानकारीमुलक लेख यहाँ जस्ताको तस्तै पेस्ट गरिएको छ सबैको निम्ति ------

मोमो च्यालेन्ज को बिषयमा सबैले सुनेको तर धेरै कमलाई यो थाहा छ कि यो गेम अरु मोबाइलको गेम होईन । यसमा फाईल डाउनलोड गर्नु पर्दैन । यो वाट्साप मा च्यटिङ गर्दै खेलिने भयानक गेम हो ।
 
 मोमो के हो त ?
---------------------


 मोमो हाम्रो फेमस फुड मोमो होईन । यो मोमो जापनको एक प्रेत को नाम हो । भनिएको छ , जापानमा एक गर्भवती महिला एक दुर्घटनामा परेर ज्यान गुमाए पछि प्रेत बनी हरे । त्यै प्रेतलाई मानिसहरुले मोमो नाम दिए हरे ।

कसरी गेम शुरु हुन्छ ?
---------------------------


" हाई आई एम मोमो ."

 वास्टाआप खोल्न बितिक्कै मेसेज आउँछ ।

 तपाईं छक्क पर्नु हुन्छ यो मोमो को हो भनी । अब मोमो चिन्नु भएर पनि मेरो नम्बर कहाबाट पायो भनी छक्क पर्नु हुन्छ ।

 भुलेर पनि कसरी , कहाबाट मेरो नम्बर पाको भनी नसोध्नु होला ।

 जब यो खालको मेसेज आउँछ तपाईंको मोबाईल , सिम सब ह्याक भै सकेको हुन्छ । मतलब तपाईंको सबै जानकारी मोमोलाई थाहा भै सकेको हुन्छ डाटाबेशको आधरमा ।

 तपाईंको अरु नम्बर पनि ठिक ठिक बताउँछ । तपाईंको नाम , जात बताउँछ र भन्छ -

 "आई नो एबरीथिङ एबाउट यु ."

  साच्चै मोमोलाई सबै थाहा भै सकेको हुन्छ । तपाईं छ्क्क पर्नु हुन्छ । रोमान्चित हुनु हुन्छ । अझ के के जान्द रहेछ भनी बात गर्नु हुन्छ ।

 पहिलो टास्क
----------------


मोमोले आफ्नो डी पी डाउनलोड गर्नु लाउछ ।

 curiosity kills the cats

भनाई यहाँ लागू हुन्छ । तपाईंले जिज्ञासाको कारण मोमोको फोटो डाउनलोड गर्नु हुन्छ ।

 मोमोले तपाईलाई तपाईंको बिषयमा अझ जानकारी दिन्छ । तपाईं झन छ्क्क पर्नु हुन्छ ।
 
दोस्रो टास्क
-------------------


 " ऐना अगि फोटो खिचेर सेल्फी पठाउ ।"

  तपाईंले जिज्ञासा वंश फोटो पठाउनु हुन्छ । पठाउनु भएन भने धमकी दिन्छ

 " तेरो मोबाइल मेरो कन्ट्रोल मा छ ।"

 अब कसरी मेरो मोबाइल यसको कन्ट्रोलमा ? प्रश्नको जवाफ् पाउन सेल्फी पठाउन बाध्य बन्नु सक्नु हुनेछ ।
  अब मोमोले यो भिडियो हेर भनी एउटा् भिडियो किल्प संग तपाईंको गोप्य कुरा बताउछ भयानक भिडियो क्लिप साथ ।

 अब तपाईलाई डर लाग्न थाल्छ ।

 गेम छोडन दिदैन  ।

 "त डर मानिस " भन्छ ।

 यो बेला गेम छोडन पर्छ  । निडर , बादुरी देखाउन , साबित गर्नु  मोमोको झासामा आउन हुदैन ।
 

 तपाईंको बिषयमा कसरी जान्यो त ?
----------------------------------------------


 तपाईंको मोबाइलमा मेमोरी कार्ड छ । तपाईंले अर्को मेमोरी कार्ड किन्नु भयो । पुरानो कसैलाई दिनु भयो । सब फोटो , भिडियो अन्य डाटाहरु डिलिट गरेर । तपाईं ढुक्क हुन भयो ।

  एक दिन तपाईलाई त्यो मेमोरी कार्ड दिएको मान्छेले भन्यो हरे -

" तिम्रो मेमोरीको सब फोटो , भिडियो , गीत देखे त ।"

 छक्क पर्नु हुनेछ होईन ?

  मेमोरीबाट संम्पुर्ण डाटा मेटिएको हुदैन । डाटा रिकोभरी साफ्ट्वेर को सहयोग बाट डिलिट भएको डाटाहरु पाउन सकिन्छ ।

 १००%  पाउन नसके पनि ६० % ,७०% पाउन सकिन्छ ।

    यो त मेमोरीको मात्र कुरा भयो । मोमोले त तपाईंको सबै ईन्फो ह्याक गरिसकेको जस्तो बुझिन्छ तर केही हदसम्म ह्याक भएको हुन हुन्छ र न आतिएर , सयम संग काम लिएर पुलिस लाई रिपोर्ट गरिहाल्ने । यो हेकर्सलाई पक्राउ गर्नु सबै देशको पुलिस लागि परेको छ । तपाईंको जानकारी ले यसलाई पक्राउ गर्नु सक्ने छ र चुपचाप नबसी दिने । मोमोको कन्ट्रोल मा , मोमोको बातमा नाउने ।

 मोमोको फोटो चही ?
-----------------------------


जापानी पेन्टरले एक पेन्टिङ बनाए । यो पेन्टिङलाई केही भयनाक बनाएर मोमो च्यालेन्जमा प्रयोग गरिएको छ । पेन्टर र मोमो च्यालेन्ज को माझ केहि सम्बन्ध छैन । 
 मोमो च्यालेन्ज कसरी आउछ ?
----------------------------------------

 वास्टसापमा दिनहुँ असंख्य मेसेज आउने गर्छ । कोई मेसेज लिंक खोली पढनु पर्ने हुन्छ । मोमोको पनि मेसेज लिंक मार्फत नै आउँछ । लिंक खोले पछी वास्टाआपमा यो भिडियोमा जस्तो मेसेज आउन थाल्छ ।

   यो भिडियो राम्रो संग , ध्यान लगाएर हेर्नू होला । यस्तो मेसेज आउन थाले नजिकको पुलिस बिभागमा संम्प्रक गरिहाल्नु होला ।

 मोमोलाई म पुलिस कहाँ गै तेरो रिपोर्ट गर्छु भनी नभनी सिदै पुलिस कहाँ जानू होला ।

 मोमोले तपाईंको बिषय जानकारी बताउछ । अचम्मित नहुनू होला । तपाईंको मोबाईल ह्याक भएको कारण  मोमोले तपाईंको जानकारी जानेको हो ।

  यो एउटा् ह्याकिङ् ट्रीक हो । युट्युबमा धेरै ह्याकिङ् ट्रीक बताईएको छ । एप्सहरु छ जसको सायताले हामी पनि कसैको मोबाइलको जानकारी , वास्ट आपको मेसेज पढनु सक्छौ ।

  यो त्यस्तै हो तर यो मोमो हेकर्स अझ जिनियस छ तर साइको जिनियस भंन्दा हुन्छ ।

 किन मान्छे मार्नु खोजेको त ?
---------------------------------------


 वास्ट आपको लोकपि्रयता  नै यसको कारण हो भन्ने शंका गरिएको छ । संसारमा फेसबुक र वास्ट आप अरु सोशियल संजाल भंन्दा लोकप्रिय भएको कारण अन्य सामाजिक संजाल बन्द प्राय हुन जादा कुनै कंम्पनीले ईष्र्या र जलन र बदलाको भावनाले ग्रसित भएर वास्ट आप बन्द गराउने षड्यन्त्र रचेको हो भनी आशंका गरिएको छ तर यो शंकाको समाधान र पुष्टि भने मोमो च्यालेन्ज बनाउने पक्राउ भएमात्र प्रामाणित हुन सक्छ ।
 
अब के गर्ने त ?
------------------------


 मोमो च्यलेन्जले विशेष केटाकेटी र टिन्सहरुलाई टार्गेट गर्दै छ। र , आमा बाबा , दाजु दिदी र अभिभावक , शिक्षक शिक्षिका हरुले आफ्नो नानीहरुको मोबाइल चेक गर्ने ।

 विशेष वास्ट आप मेसेन्जर । आजकल टिन्सहरु प्यारालाल एप्स प्रयोग गर्ने गर्छ्न । सबै चेक गर्ने । माया गरेर सोधने । हकार पकर नगरी साथी जस्तो भएर सोधपुछ गर्ने ।
  
 यदी तपाईंको छोरा - छोरी मोमो च्यालेन्ज खेल्दै छ भने उसको साथीहरू को अभिभावक वर्गलाई पनि सुचित गर्ने । आतिएर , डर मान्दै , काहिन्दै होईन , कुल भएर ।
 तपाईं आफ्नो छोरा - छोरीको हिरो नै आतिनु भयो , डर मान्नु भयो भने सोच्नु होस छोरा - छोरीको मनमा के बित्छ ?

   समय आएको छ आफ्नो को सुरक्षा गर्ने  ।  मोमो च्यालेन्ज बाट बाच्ने र बचाउने ।

 
नोट : यो लेख लेख्न अगि मोमो च्यालेन्ज को बिषयमा धेरै खोज गर्नु परेको थियो । रहस्य अझ छ । केही जानकारी भए फ़ेरि लेखुला ।
सक्दो सेयर गरेर आफ्नो साथीहरुलाई पनि सतर्क गराउनुहोला !!!

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles