Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

अस्पताल जीर्णोधारको माग गर्दै एचपीडब्ल्युयुको सिन्कोना व्यावस्थापकसित भेट

$
0
0
GNLF Himalayan Plantation Workers Union Mungpoo
विगतको तीन महिने आन्दोलनपछि पहाडको शासक दल गोजमुमो भित्रैबाट दुईवटा भंगालो छुटिएपछि यता मङपु सिन्कोना बगान क्षेत्रमा पनि यसको दुई धारे युनियनले आजपर्यान्त सिन्कोना अनि क्षेत्रको विविध समस्याहरुलाई लिएर कुनै कार्यहरु गरेको जानकारी प्राप्त भएको छैन | यस्तो अवस्थामा गोरामुमोनै दिनप्रतिदिन क्षेत्रको सक्रीय दल भएर दलीय कार्यक्रमहरु गरिरहेको सबै सामु स्पष्ट छ | हालमा यस दलले पहाडको विभिन्न क्षेत्रहरुमा भकाभक शाखा संगठन विस्तार गर्दै कार्यहरु गर्न थालिसकेको छ भने यहाँको सरकारी अस्पतालको जीर्ण अवस्थाबारे जोड दिंदै एचपीडब्ल्युयु लाब्दा सब युनिटले सिन्कोना व्यवस्थापकसित एउटा महत्वपूर्ण भेटवार्ता गरेको छ | उक्त भेटवार्तामा सब युनिटले मङपु सरकारी अस्पतालको दयनीय अवस्थामाथि झट्ट पहल गरिनुपर्ने, अस्पतालको सडकलाई सम्बन्धित निकायबाट फण्डको प्रबन्धगरि मर्मति गरिनु पर्ने जस्ता महत्वपूर्ण विषयमाथि व्यवस्थापकसित छलफल गरेको छ | यसको साथै
सिन्कोनाको मोडल हाउस मर्मतिको लागी चाडो कार्य गरिनु पर्ने अनि लाब्दा विभाग अन्तर्गत खोला नाला धेरै भएकोले झोडा मर्मति विषयमाथि पनि युनियनले माग गरेको छ | अस्पतालमा नियमित डाक्टर आपूर्तिको निम्ति युनियनले भविष्यमा सम्बन्धित विभागलाई सुचित गर्नसक्ने कुरालाई जोड दिए | आजको भेटवार्तामा लाब्दा एचपीडब्ल्युयु सचिव रितेश मोक्तान, सभापति अहेन्द्र शर्मा, कार्यकारिणी सदस्य अल्बर्ट घिसिङ, राजेश राई, रवीन राई साथै मङपु युनिट सचिव दिपकार राईको बिशेष उपस्थिति रहेको थियो ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles