Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

सिम्ले धुरामा जीएनडब्ल्युओ भिलेज कमिटि गठन

$
0
0
Gorkha National Liberation Front womens wings
गोर्खा राष्ट्रीय मुक्ति मोर्चाद्वारा बर्तमान पहाडभरि चलिरहेको पार्टी संगठन बिस्तार एवम बलियो बनाउने कार्यक्रम अन्तर्गत हालमा मङपु क्षेत्रको पनि विभिन्न स्थानहरुमा शाखा, युनियन, नारी – युवा झुण्डको भिलेज कमिटि गठन गर्ने प्रक्रिया द्रुत गतिमा चलिरहेको छ | यसै लहरमा गत सोमबार मङपु बिभागको सिम्ले धुरामा रेखामणि गुरूंग राई द्वारा संचालित अनि सरिता तामांगको सभाध्यक्षतामा एउटा सभा बसी जीएनडब्लुओ भिलेज कमिटी गठन गरियो | बर्तमान चलिरहेको राजनैतिक परिपेक्षलाई लिएर गोरामुमो पार्टीको भावी कार्यक्रम अनि त्यस कार्यक्रममा नारीहरुको भुमिकामाथि अवगात गराउँदै रेखामणि गुरुंग राईद्वारा बक्तब्य राखेपछि भिलेज कमिटी गठन भयो | नव गठित कमिटिमा सभानेत्री अरुणा गुरुंग, उपसभानेत्री देबिका राई, रमला तामंग, सचिवा मन्जु तामांग, सहसचिवा बिनिता राई, रिना थापा, कोषाध्यक्ष रिता राई, शशि राई, लेखापरिक्षक सुनयना राई, लिडिया शेर्पा साथै तीसजना कार्यकारी सदस्याहरु चयन गरियो | अन्तमा सभानेत्री द्वारा आजको चयनित सम्पुर्ण सदस्यलाई बधाई दिदै आगमी दिनमा पार्टीले दिएको जिम्मेवारीलाई निष्ठापुर्वक निभाउने आग्रह गरिन ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles