Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

ज्ञानपीठ विधालयमा बाल दिवस पालन

$
0
0
Childrens Day at Rungbee jnanpith high school mungpoo
बाल दिवसको अवसरमा स्थानीय रङबी ज्ञानपीठ उच्चतर माध्यमिक विधालयमा प्रधान अध्यापक बीके गुरुङको अध्यक्षतामा भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुको जन्म जयन्तिको शुभ उपलक्ष्यमा बाल दिवस कार्यक्रम भब्य रुपले पालन गरियो | विधालयको पेक्षागृहमा आयोजित उक्त कार्यक्रममा शिक्षक शिक्षिकावर्गको पक्षबाट विधार्थीहरुको मनोरन्जनार्थ कविता वाचन, गीत, नृत्य आदि प्रस्तुत गरियो | कार्यक्रम सुचीमा समावेश कवि गोष्ठी कार्यक्रम अन्तर्गत विधार्थीहरुले स्वरचित कविताहरु वाचन गरेका थिए भने विधार्थीहरुले सुन्दर गीत अनि नृत्य आदि पनि प्रस्तुत गरे | यसै कार्यक्रममा विगत दिनहरुमा विधालयद्वारा सम्पन्न गरिएको विविध शैक्षिक कार्यक्रमहरुको दृशहरु प्रोजेक्टरद्वारा विधार्थीवर्गलाई देखाइयो | यस वर्ष पहाडको राजनैतिक परिवेशले विधालयमा वार्षिक सांस्कृतिक एवम खेलकुद कार्यक्रमहरु गर्न नसकिए पनि आज विधालयले बाल दिवस कार्यक्रम सम्पन्न गर्न सकेकोमा प्रधान अध्यापक बीके गुरुङले सन्तोष प्रकट गर्दै विधार्थीवर्गलाई शुभकामना शुभेच्छा प्रकट गरेका थिए | कार्यक्रमलाई शिक्षक कन्चन राईले संचालन गरेका थिए ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles