विगत ८६ सालमा गोर्खाल्याण्डको मागमा आन्दोलन गरेर दागोपापमा सम्झौता गरी एकक्षत्र राज गर्ने गोरामुमो अध्यक्ष सुवास घिसिंगको शक्तिलाई नष्ट गर्दै गोजमुमोको जन्म भएदेखि यता गोरामुमोलाई संधै आफ्नो पैताला मुनि राख्छु भन्ने पार्टी गोजमुमोको विगत तीन महिना आन्दोलनपछि आफ्नै पार्टी दुई भाग भएर दुर्बल भएको अवस्थामा साथै आन्दोलन अवधिनै पहाडका सम्पूर्ण टीएमसी समर्थकहरु प्राय: जसो गोरामुमोमा सामेल भएपछि यता मङपु क्षेत्रमा पनि गोरामुमोले गोजमुमोलाई बारबार टक्कर दिन थालेको छ | गोरामुमोको शाखादेखि लिएर यसको युनियन अनि युवा झुण्डले पनि प्रेस विज्ञप्ति जारी गर्दै मोर्चाले जनतालाई धोका दिएकोमा आपत्ति जनाउन थालेको छ | आज पनि हिमालयन प्लान्टेशन वकर्स युनियन लाब्दा प्रशाखाले एउटा विज्ञप्ति जारी गर्दै ल्याउनै नसक्ने गोर्खाल्याण्डको कुरा गरेर बारबार जनतालाई ढोका दिनु भन्दा अब छैटौं अनुसुचिलाई नै जनताले प्राथमिकता दिनुपर्ने कुरोमा जोड दिएको छ | विज्ञप्तिमा भनिएको छ कि जबसम्म छैटौं अनुसुचि लागु हुँदैन तबसम्म गोर्खाल्याण्ड नफल्ने बन्तरुल हो | यो आज आएर सम्पूर्ण दार्जीलिंगको जनता अघि स्पष्ट भइसकेको छ भन्दै समग्र राजनेता, बुद्धिजीवीवर्गलाई पनि आफ्नो स्वार्थ भुलेर छैटौं अनुसुचिलाई समर्थन गरी अघि आइदिने अनुरोध गर्दछौं | सुवास घिसिंगको नाम सुन्दा एलर्जी हुने प्रतिवादी र ८६ को आन्दोलनलाई एक इतिहास सम्झेर अनि छैटौं अनुसुचिलाई एक बर्तमान र भविष्य सम्झेर भारतको संविधान अनुसार २४४ (एम) दार्जीलिंग पहाडको भूभागलाई भारतको संविधानमा अन्तर्भुक्त गरेर मात्र गोर्खाल्याण्ड सम्भव छ | जीटीए शुरु न अन्तको व्यवस्थामा तौजी विभाग र लेजिस्लेटिव पावर खोज्ने गोर्खा जनमुक्ति मोर्चाको नेता र कार्यकर्ताको मान्शिकता मात्र यहाँ जीटीए २ सम्म मात्र सिमित छ | मोर्चा १ र २ ले जीटीए भन्दा ठुलो व्यवस्था अब ल्याउन पटक्कै सक्दैन | यदि मोर्चाले छैटौं अनुसुचि भएर गोर्खाल्याण्ड हुँदैन भन्छ भने उनीहरुको निम्ति गोरामुमोले कोचिङक्याम्पको आयोजना गर्नेछ | गोर्खाल्याण्डको निम्ति जिहाद गर्छौं भन्ने नेताहरुले १०४ दिन बन्द गरे तर अन्तमा जीटीएमै सम्झौता गरेर फेरि जनतालाई महाधोका दियो | अब तपाइँ हामी जनताले बुझ्ने समय आएको छ | अब गोर्खाल्याण्ड एकैचोटि ल्याउँछौ भन्ने पार्टी र नेताको पछि नलागेर छैटौं अनुसुचिलाई साथ दिए मात्र गोर्खाल्याण्डको नक्सा तयार हुने किटान गर्दछौं ||
↧