Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

रङबी भैंसेटार ११ र १२ नम्बर वार्डमा गोजमुमो कोर कमिटि गठन

$
0
0
Binay Tamang Anit Thapa
खरसाङ जनमुक्ति मोर्चा प्रचार प्रसार सचिव एडवर्ड लेप्चाको परामर्श एवम निर्देशनमा पार्टीलाई बौद्धिक र सांगठानिक ढाँचामा ल्याउन यसको कोर कमिटि बनाउने प्रक्रिया द्रुतगतिमा भइरहेको छ | गत २४ अक्टोबरको दिन रङबी भैंसेटार प्राथमिक पाठशाला भवनमा बदलिँदो राजनैतिक परिस्थिति अनुरुप संगठनलाई चुस्त अनि गुणात्मक ढंगमा संचालन गर्दै अघि बडाउन साथै बीओएका प्रमुख बिनय तामांग अनि अनित थापाको विचारधारालाई आत्मसात गर्दै वार्ड स्तरमा जन मुक्ति मोर्चाको कोर कमिटि गठनार्थ एउटा सभा यहाँको ११ अनि १२ नम्बर वार्डलाई लिएर बस्यो | दिनेश शेर्पाको सभापतित्वमा बसेको सभालाई जयपति राईले सभाको औचित्य बारे बोल्दै विगत १०५ दिनको बन्दले पहाडको सबै व्यवस्था ध्वस्त भएको, आर्थिक मेरुदण्ड भाँचिएको अनि असहाय गोर्खाको निहुरिएको शीरलाई फेरि ठाडो गरेर दुनियाँसामु उभाउने अनुकुल परिस्थिति बहाल गरिदिएकोमा दुई नेतृत्व बिनय तामांग अनि अनित थापालाई हृदयबाटै धन्यबाद चडाए भने तिनलाई पूर्ण समर्थन गर्न पर्ने हाम्रो कर्तब्य हो भन्ने मन्तब्य पोखे | रन्जित सिन्चुरीले पनि १०५ दिनको बन्दले जन्माएको विषय परिस्थितिलाई अंगाल्न कम गाह्रो कुरो होइन, यो सजिलो भने पटक्क छैन, तरपनि हामीसित अरु कुनै विकल्प नरहेको म गहिरो महसुस गर्छु, हामीसित थुप्रै विविध समस्याको पहाड छ यी सबैलाई समेटेर पहाडमा शान्ति वहाल गरौँ भन्दै संगठनलाई मजबुत बनाउन तपाईंहरुको हात र साथ चाहिएको छ भनी बताए | यो सभाले प्रत्येक वार्डबाट १५ जना सदस्य छनौट गरेर कोर कमिटि गठन भएपछि सभापतिले निर्वाचित सदस्यहरुलाई पूर्ण जिम्मेवारीको वोध गराएको छ ||

Viewing all articles
Browse latest Browse all 3853

Latest Images

Trending Articles



Latest Images