Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मङपुमा चार महिनादेखि एटीएम बन्द, जनसाधरण अन्योलमा

$
0
0
State Bank of India ATM in Mungpoo
विगत चार महिनादेखि मङपुको एकमात्र स्टेट ब्यांकको एटीएम बन्द अवस्थामा छ | एक हप्ता धरि मङपुको ट्रान्जेक्शन थेग्न नसक्ने यो एटीएम दिनदिनै बाँदरको पुच्छर लौरो न हतियार भने झैं भइरहेको छ | पैसा हालेको दुईतीन दिन भित्रमा पैसा तुरेपछि प्राय: जसो बिना पैसामा बालेन्स चेक गर्ने मशिन जस्तो महिनौं दिनसम्म रित्तो रहने एटीएमलाई तीन महिना अघि शुरु भएको गोर्खाल्याण्ड आन्दोलन अनि यसको अनिश्चितकालिन बन्दले झनै कहाँबाट निहु पाउँ कनिका बुकाउँ भने जस्तो त्यहाँदेखि यता एटीएम बन्द अवस्थामा छ भने यहाँ मङपुका उपभोक्ताहरु साथै यसका संलग्न क्षेत्रका उपभोक्ताहरुलाई हुनसम्मको समस्या भोग्न परिरहेको छ | मङपु सिन्कोना बगान पहाडको एकमात्र सरकारी औधोगिक क्षेत्र हो जहाँ ५० हजारभन्दा अधिक जनसंख्या रहेको छ भने केही वर्ष अघिदेखि सिन्कोना बगानमा कार्यरत सम्पूर्ण मजदुर तथा कर्मचारीहरुको वेतन हरेक महिना ब्यांक खातामा लगाइदिने भएकोले यहाँ एटीएमको धेरै महत्व रहन्छ | यति मात्र नभएर यहाँका शिक्षकहरु, भारतीय सेना अनि अन्य सुरक्षा बलमा कार्यरत जवानका परिवारहरुदेखि लिएर ब्यापार व्यवसाय चलाउने हरेकलाई नै प्राय: जसो पैसा नहुने एटीएमले हुनसम्मको मर्कामा पारेको छ | मङपु मात्र नभएर सिटोङ अनि वारीपारी क्षेत्रका बासिन्दाहरु पनि मङपु बजारबाट सौदापात गर्ने हुनाले एटीएमबाट पैसा झिकेर सौदा गर्छु भन्ने जनसाधारण धेरैपल्ट रित्तो फर्कन परेको तिक्त अनुभूतिहरु सुनाउने गरेको छ | तीन महिने लामो बन्दपछि सिन्कोना बगानका मजदुर कर्मचारीहरुको दशैं अघि एक महिनाको वेतन र बोनस पाएको भएपनि तिनीहरुले मङपुको एटीएमबाट पैसा निकाल्न सकेनन् | फलत: कतिले पैसा ननिकालेर दु:ख सुख दशैं तिहार टारेको जानकारी प्राप्त छ भने कतिले भ्यान रिजर्व गरेर दार्जीलिंग अनि सिलिगुडीबाट पैसा निकालेको गुनासो पोखेको छ जबकि मङपुबाट हरेक शहर पुग्नलाई एक हजार भन्दा बेसी रिसर्व भ्यानको भाडा लाग्ने गर्छ | एटीएम विषय लिएर मङपुबासीले दु:ख पाउनको मुख्य कारण यहाँ एकमात्र एटीएम भएर पनि हो साथसाथै त्यो एटीएम पनि कुनै प्राइवेट कम्पनीले पैसा हाल्ने गरेको गुनासो गर्दै सरोकार पक्षले यदि मङपुमा नै स्टेट ब्यांकको शाखा बनिएको भए अनि यस शाखासित जडित एउटा एटीएम भए यहाँका जनताले यस्तो दु:ख पाउने थिएन भन्ने गर्छ | मङपुमा जम्मा दुईवटा ब्यांक क्रमैले ग्रामिण ब्यांक र केही वर्षअघि निर्मित दार्जीलिंग सहकारी ब्यांक अनि स्टेट ब्यांकको ग्राहक सेवा केन्द्र रहेपनि कुनैले पनि आफ्नो निजी एटीएम नराखेको कारण मङपुबासी यत्तिका वर्षसम्म आफ्नो खाताबाट पैसा निकाल्ने झमेलादेखि उन्मुक्त हुनसकेको छैन भने हालमा यहाँका सम्पूर्ण जनसाधारणले स्टेट ब्यांकको आफ्नै एटीएम स्थापित गरिदिने माग गर्न थालेको छ || 

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles