Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

ग्रुप डी पदोन्नतिको माग गर्दै जीटीए सिन्कोना विभागलाई दिए मोर्चा ट्रेड युनियनले अल्टिमेटम

$
0
0
Darjeeling Terai Dooars Plantation labour union meeting
सिन्कोना बगानमा कार्यरत बगानका सहायक मजदुरहरुले प्राय: २०१० देखि ठप्प रहेको ग्रुप डी नियुक्ति प्रकियालाई यथाशीघ्र सुचारु गराउन साथै बगानकै सिजनल लेबरहरु पनि आफ्नो स्थायीकरणको माग गर्दै आफ्नो अधिकार आफै खोज्न मैदानमा उत्रेपछि गोर्खा जनमुक्ति मोर्चाको भातृ संगठन दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियनले पनि आज मुख खोलेको छ | सिन्कोना बगान जीटीएमा अन्तर्भुक्त भएको किटान गर्ने मोर्चाले जीटीएबाट कसरी ग्रुप डी पदोन्नति प्रकिया सुचारु गराउन सकिरहेको छैन भन्दै मजदुर संगठनहरुको मार्फत चौतर्फी हल्ला फैलिएपछि सिन्कोनाको हेड क्वाटर मङपुमा मोर्चाको ट्रेड युनियन चलाएर बसेका पदाधिकारीहरुलाई परोक्ष रुपमा औंलाएको आज युनियनले अनुभव गर्दै मङपु क्षेत्रका विभिन्न शाखाहरुका युनियन प्रतिनिधिहरुलाई लिएर एउटा सभा बस्यो | यसै सभाबाट दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन सिन्कोना जोन मूल सचिव गगन राईले युनियनको पक्षबाट सहायक मजदुर साथै सिजनल लेबरहरुको निम्ति जीटीए सिन्कोना विभागसित धेरै पल्ट सभा बसेको साथै मेमोरान्डम चडाएको दस्तावेजहरु प्रस्तुत गर्दै जीटीएले नै हाम्रो अनुरोधको कुनै सुनवाई नगरिदिएको खुलासा गरेको छ | आफुहरु यहाँ मजदुरकै हितमा संगठन चालाएर बसेपनि सम्बन्धित विभागले यसरी सुनवाई नगरिदिँदा दिनोदीन मजदुरहरुको नजरदेखि बिश्वास हराइसकेको अवस्था भएको पनि उनले जनाए यसैले उनले जीटीएको सिन्कोना विभागले मजदुरहरुको दीर्घ दिनदेखिको समस्यालाई बुझेर चाँडो कारवाही गरिदिने अपिल गर्दै जीटीए सिन्कोना विभागलाई मई महिना भित्रको अल्टिमेटम दिएको छ | यसरी जीटीए भित्रै भएको सिन्कोना मजदुरहरुको समस्यालाई चाडो हल गर्न नसके यसले अझ अर्को समस्याहरु निम्ताउने पनि उनले संकेत दिएको छ | यदि यो अल्टिमेटम भित्र पनि समस्याको समाधानार्थ केही पहल नभए समस्त सिन्कोनाको मजदुरहरुलाई लिएर आन्दोलनमा उत्रने, जुलुस गर्ने, घेराउ गर्ने साथै थुप्रै रणनीतिको साथ आघि आउने उनले चेतावनी दिएको छ | उनले अझ बताए अनुसार सिन्कोनाको कन्भेन्शन रुल अर्थात पारम्पारिक प्रथा अनुसार पदोन्नति गर्न नसकिएर रिक्रुटमेन्ट रुल लागु भए यतिका दिनसम्म सिन्कोनामा कार्यरत आफ्नो भाइसमा काम गर्ने मजदुरहरुको कुनै मुल्य नहुने साथै एम्प्लोइमेन्ट एक्सचेन्जबाट नियुक्ति भए सिन्कोनाबासी ठुलो मर्कामा पर्ने पनि उनले जनाए | यसैले जीटीएले सिन्कोनाको कन्भेन्शन रुललाई चाडो कानुनमा परिणत गर्नुपर्छ भनी बताए | यही सन्दर्भमा सचिव राईले बर्तमान बगानमा आफ्नो अधिकारको निम्ति उत्रेको सहायक संगठन साथै सिजनल लेबर महासंगठनको पहललाई पनि स्वागत योग्य बताए |
 यसरी नै सम्बोधनको  क्रममा केन्द्रीय समिति  कोअर्डिनेटर मिरेन लामाले  सिन्कोनामा पाउने बदला  काम, पानीवाला आदिलाई आहिलेसम्म  कन्भेन्शन रुल भनिए पनि  वास्तवमा यो इपीएफको  कानुन अन्तर्गत धारा  २७ हो जसमा यी पद अनि  पदोन्नतिको प्रावधान रहेको  बताए | सिन्कोनाको व्यवस्थापक आदि उच्च पदहरुमा मात्र रिक्रुटमेन्ट रुल लागु हुने र मजदुरहरुमा एकैचोटि दुईटा रुल लागु नहुने बताउँदै जीटीएले इपीएफको रुलको आधारमा पदोन्नति दिइनु पर्ने कुरा राखे | सिन्कोना बगानमा अहिले धेरै चर्चामा आएको र मूल समस्यानै ग्रुप डी पदोन्नति र सिजनल लेबरहरुको स्थायीकरण हो जसको निम्ति मजदुरहरु मजबुर भएर आफै मैदानमा उत्रेको छ र यो स्वागत योग्य पनि हो भन्दै आउँदो दिनहरुमा यही मागलाई तिब्र गर्न सिन्कोना बगानमा कुनै हड्ताल नगरेर ओभर वर्क आन्दोलनको नीति अपनाउने पनि युनियनलाई सुझाव दिएको छ |     
युनियन सिन्कोना जोन सभापति सुरेन राईको सभापतित्वमा सम्पन्न सभामा रिनेश शेर्पा, बिर्बल राई, बुद्ध कुमार थापा, मोर्चा समष्टि सभापति उर्गेन शेर्पा आदिले पनि सम्बोधन गरेका थिए भनेसभामा समष्टि सभासद रतन कुमार थापाको पनि बिशेष उपस्थिति रहेको थियो भने उनले आफ्नो सम्बोधनमा युनियनको माथि अझ केन्द्रीय समिति पनि रहेकोले यस बिषयमा केन्द्रीय समितिको परामर्श लिएर मात्र कार्य गर्ने सुझाव राखेका थिए |

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles