भारत सरकारको ग्रुप डी रिक्रुटमेन्ट बोर्डको परिक्षा (Group D Recruitment Examination) यहाँको सरस्वती उच्चतर माध्यामिक विधालयमा सम्पन्न भयो | मङपुको इतिहासमा सम्भवत: यो पहिलो कमिशन परिक्षा हो जसबाट उतीर्ण परीक्षार्थीहरुलाई विभिन्न सरकारी क्षेत्रहरुमा ग्रुप डीको पदमा नियुक्ति गरिने जानकारी छ | आज यस परिक्षा दिनलाई दार्जीलिंग पहाड लगायत बिहार राज्यसम्मका प्राय: ६०० बेरोजगार युवा युवतीहरु भेला भएका थिए भने यहाँको सरस्वती गर्ल्स अनि बोइस दुइटै शैक्षिक केन्द्रहरुमा परिक्षा सम्पन्न भयो | परिक्षालाई सुचारु रुपले संचालन गर्नमा सहयोग गर्न मङपु पुलिस आउटपोस्ट कर्मचारी लगायत स्वास्थ्य विभागका कर्मचारीहरुको पनि कुशल सहभागिता रहेको थियो | आज सम्पन्न ग्रुप डीको परिक्षा मङपुमा मात्र नभएर तक्दाहको ग्रिफिथ्स हाई स्कूल अनि पेशोकको सरस्वती हाई स्कूलमा पनि सम्पन्न भएको जानकारी प्राप्त छ | यसै परिक्षाको सन्दर्भमा दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन सिन्कोना जोन मूल सचिव गगन राईले आज सम्पन्न ग्रूप डी नियुक्ति परिक्षामा सफल हुने पहाडका बेरोजगार युवा युवतीहरुलाई सरकारले पहाड भित्रकै सरकारी कार्यलय, उध्योग आदि क्षेत्रमा काम गर्ने व्यवस्था मिलाइदिए राम्रो हुने मनासय पोखेका छन् ||
↧