Quantcast
Viewing all articles
Browse latest Browse all 3853

लाब्दामा गोजमुमोको युवा मोर्चा पुनर्गठन

गोर्खा जनमुक्ति मोर्चा लाब्दा शाखाको गत महिना मात्र शाखा अनि यसको युनियन पुन: गठन गरिने कार्य भएको थियो भने आज फेरि यसको युवा मोर्चालाई पनि पुनर्गठन गरियो | केही महिनादेखि प्राय: निष्क्रिय बसेको लाब्दा शाखामा फेरि नयाँ पादधिकारीहरु चयन गरेर सक्रिय बनाउने कदम चालिएको छ भने पहाडमा गोर्खाल्याण्डको मागलाई संधै दिगो राख्दै आन्दोलित गोर्खा जनमुक्ति मोर्चालाई हरहालमा सहयोग पुराउने नयाँ कमिटि प्रतिनिधिहरुले प्रतिबध्ता जाहेर गरेको छ | कार्यक्रममा गोर्खा जनमुक्ति मोर्चा मङपु लाब्दा समष्टि सभापति उर्गेन शेर्पाले सम्बोधनको क्रममा नव गठित कमिटिलाई बधाई दिंदै संधै एकमुष्ठ भइ गोर्खाल्याण्डको निम्ति समर्पित हुने आह्वान गरेका थिए | समष्टि युवा मोर्चा सभापति बिकाश गुरुङको निरीक्षणमा गठित युवा मोर्चाको नयाँ कमिटिमा यस प्रकारले पदाधिकारी सर्वसम्मतिको साथ चयन गरियो जसमा सभापति उमेश राई, सचिव विकाश राई, उपसभापतिहरु लक्ष्मण मुखिया, प्रितम प्रधान, कृष्णा राई, लतिफ तामांग, नोर्देन लेप्चा, शरण मोहरा, प्रवेश सिंग्दन, सहसचिवहरु प्रकाश राई, रिसी तामांग, लवाङ तामांग, सजित थोकर, मन्तोष सिंग्दन, दावा तामांग, कोषाध्यक्ष डुक्पा लेप्चा, आदित्य गिरी, प्रचार प्रसार सचिव सुदन राई, सन्दीप तामांग, लेखापरिक्षक पेवाङ तामांग, किशन प्रधान, प्रमुख सलाहकार दिब्य बोम्जन, सन्दीप तामांग, प्रकास राई आदि रहेको थियो भने सभामा पार्टी सभापति भुपाल मोक्तान, सचिव दिपेन राई, युनियन जोनबाट सुरेन राई, शाखा युनियन सभापति कमल थापा, सचिव निशेष मुखिया, प्रदीप छेत्री आदि मुख्य रुपले उपस्थित रहेको जानकारी पार्टीको पक्षमा विभोर तामांगले जनाएका छन् ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles