Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

बस स्ट्याण्डमा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

$
0
0
Free eye checkup camp in Nalidara bus stand by Saugat Haat
यहाँको नालीडांडा नजिक बस स्ट्याण्डमा आज साप्ताहिक आइतबारे हाट आयोजक समिति सौगात हाट साथै मङपु बोइस क्लब अनि बिराती ओम काशिनाथ मेमोरियल वेलफेयर सोसाइटीसितको संयुक्त तत्वधानमा एकदिने नि:शुल्क आँखा जाँच शिविर सम्पन्न गरियो | कार्यक्रममा बिराती ओम काशिनाथ मेमोरियल वेलफेयर सोसाइटीका आँखा डाक्टर एस देबनाथ साथै उनका सहयोगी कर्मचारीहरुले आँखाका रोगी साथै आँखा जाँच गराउन आउने मानिसहरुलाई निशुल्क सेवा दिएका थिए | यस स्वास्थ्य शिविरमा आँखाका रोगीहरुलाई नि:शुल्क दबाई साथै उच्चित मुल्यमा चस्माको व्यवस्था पनि गरिएको थियो | आज आयोजित नि:शुल्क आँखा जाँच शिविरमा ५० भन्दा अधिक मानिसहरुले आफ्नो कम्जोर आँखाको जाँच गराउंदै शिविरको फाइदा उठाएका थिए भने कार्यक्रममा सौगात हात अनि मङपु बोइस क्लब दुवैका सदस्यहरुको पनि उत्तिकै सहभागिता साथै सक्रियता रहेको थियो ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles