Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

टीएमसी रम्बी विभाग श्रमिक संगठन पुनर्गठन

$
0
0
Trinamool Congress' trade union
यहाँको टीएमसी पार्टी कार्यलयमा दार्जीलिंग सिन्कोना बगान श्रमिक संगठन मङपू समष्टिको एक आवश्यकीय सभा संगठन सचिव बुद्ध लामाको सभापतिवमा सम्पन्न भयो | सभाको मुख्य विषय रम्बी विभागीय श्रमिक संगठन गठन गर्नु थियो | सभामा दार्जीलिंग सिन्कोना बगान श्रमिक संगठन केन्द्रीय समिति सभापति किरण ब्लोन, जिल्ला महिला सचिवा रेजिना गुरुङ, रङली रङलियट खण्ड समिति उप सभापति बहादुरसिंह राई, सचिव पवन बल, लाब्दा मङपू समष्टि सभापति केएस छेत्री, युनियन जोन संयुक्त सचिव सुजित राई आदि उपस्थित थिए | सभाले विषय अनुरुप रम्बी विभागीय युनियन निम्नलिखित सदस्यहरुलाई लिएर गठन गरियो जसमा जसमा सभापति नर बहादुर ठकुरी, उप सभापति रेजिना गुरुङ, सचिव आशिषदीप राई, सह सचिव कमल थापा, दिव्या गुरुङ, नमिता राई कोषाध्यक्ष सुष्मा ग्याबा, लेखापरिक्षक सुस्कान राई लगायत रनबहादुर शेर्पा, भानु राई, सागर गुरुङ आदिलाई कार्यकारिणी सदश्यको रुपमा चयन गरिएको छ | यसरी पुरानो कमिटिलाई विघटन गरी नयाँ कमिटि पुन: गठन गरेपछि विभिन्न विभागीय युनियनहरुको गतिविधि, बगानको अवस्था, मजदुरहरुको समस्या अनि विभागीय गयाङमेनहरुको कार्य पद्वति माथि चर्चा गरियो | यसै प्रसंगमा विगत केही दिनमा श्रमिक द्वारा चोरी गरेको रम्बी विभागको एपिकेक सम्बन्धमा पनि गहण चर्चा गर्दै उक्त काण्डप्रति युनियन साथै मङपू जोनले सत्यको खोजी गर्ने निर्णय लियो | अन्तमा सभापति बुद्ध लामाले नव गठित कमिटिले आफ्नो सक्रियतामाथि सदस्य संख्या बढाउनु पर्ने आह्वान गरे | युनियनको क्रिया कलाप गर्न अघि जोनलाई नव कमिटि गठन गरेको प्रतिलिपि बुझाउन पर्ने अनुरोध गरे | आगमी दिनहरुमा शाखा, जोन लगायत पार्टी मिलेर मजदुरहरुको हक र हितको निम्ति कार्य गर्दै बगानको प्रगति प्रति राम्रो सोंच लिएर गरी गर्नु पर्ने आह्वान गरे ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles