मङपू लाब्दा समष्टि अन्तर्गत पर्ने रेशेप बजार गान्धी स्मारक प्राथमिक पाठशाला (Gandhi Primary School) मा शिक्षा विभागबाट आवन्टन निशुल्क जुत्ता पाठशाला संचालन समीतिका सभापति अर्जुन कुमार दाहालको बाहुलीबाट विधार्थीहरुलाई प्रधान शिक्षिका बिणा शंकर, सह – शिक्षिका शितलदेवी छेत्री, शोभा मुखिया लगायत अपतन प्राथमिक पाठशालाका प्रधान अध्यापक देवलाल मोक्तानको उपस्थितिमा वितरण गरियो | प्राथमिक पाठशालामा पड्ने शिशुहरु प्राय: नै गरिबी रेखा मुनिका हुनाले विभागबाट विभिन्न सुविधाहरु प्राप्त भइ रहेको पाठशाला पक्षले जनायो | दु:खको कुरो पाठशाला भवनको जीर्ण अवस्था लिएर धेरै वर्षदेखि सम्बन्धित विभागलाई लेखा जोखा गरिए पनि अहिले सम्म कार्यरुपमा परिणत हुन नसकेको साथै कुनै पनि समय दुर्घटना हुन सक्ने अवस्था विभालय भवन रहेको बिधालय पक्षले जनाएको छ | |
↧