दिनोदीन विश्वको वातावरण नै प्रदुषित हुँदै गरेको समय विभिन्न सामाजिक चेतना साथै समाज सुधारक कार्यहरु गर्दै अस्तित्वमा आएको नारी कल्याण संघ मङपु विभागले सेभ अर्थको मूल मन्त्रलाई आत्मसाथ गरी यसपल्ट मङपु चौरास्ता नजिकको शहिद पार्कदेखि नालीडांडा नजिक बस स्ट्याण्डसम्मको सडक अनि विभिन्न क्षेत्रहरुमा सफाई अभियान गरेको छ | सफाई अभियानमा सडकको दुई किनारमा फ्याँकिएको मैलाहरु बटुलेर जलाउने कार्यहरु भयो | स्मृति तामांग अनि लता राईको नेतृत्वमा सफा गर्दै जाँदा यस संघले मङपुको सम्पति रविन्द्र संग्राहलय, भवन, व्यवस्थापक कार्यलय परिसर साथै मङपु जन मैदान परिसरमा भएको मैला कुचेलाहरुलाई पनि सफा गर्दै जलाउने काम गरेको छ | सामाजिक चेतना फैलाउने संघले वातावरण सफा राख्नलाई आफ्नो परिसर आफै सफा राख्न जरुरी रहेको बताउँदै केही दिन अघि मात्र लाब्दा ग्राम पंचायत कार्यलय, ७४ धुरा प्राथमिक पाठशाला, अगमसिंह गिरी विधालय, सिरेल मन्दिर, सिन्कोना व्यवस्थापकको कार्यलय आदि स्थानहरुमा डस्टबीनहरु पनि वितरण गरेको छ ||
↧