Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

सहायक संगठन रङजुभेल्ली शाखा गठन

$
0
0
Cinchona or Quinine factory in Mungpoo
Cinchona or Quinine factory in Mungpoo
मङपु सिन्कोना बगान अधिनस्थ रङजुभेल्ली विभागको विभागीय बङलोमा गत २२ अप्रेलको दिन मङपु जोनल समितिको सभापति संजीप घिसिंगको सभापतित्वमा सिन्कोनाको सहायक संगठनको एक आवश्यक सभा सम्पन्न भयो | यसै सभाबाट सिन्कोना विभागको विभिन्न अफिस अनि फिल्डको सम्पूर्ण सहायकवर्गलाई लिएर रङजुभेल्ली सहायक संगठनको शाखा गठन गरियो | सभालाई सम्बोधन गर्दै केन्द्र समिति सल्लाहकार प्रभात राईले सभाको औचित्य उजागर गर्दै हामी सबै भुक्तभोगीहरु अघि आएर आफ्नो हकको निम्ति लड्नु पर्ने बताए भने सभामा क्रमैले दावा तामांग, केन्द्र समिति सहसचिव अमृत खड्का, मूल सचिव मुनाल घिसिंग आदिले आफ्नो सम्बोधनमा संगठन निर्माण गर्नुको उदेश्य अनि भविष्यमा गर्नु पर्ने कार्यक्रम बारे उपस्थितिलाई जनाए | नव गठित शाखामा सभापति शान्तिराम खवास, सचिव भुवन राई, उपसभापति बिमल गुरुङ, सरिता राई, सहसचिव विनोद रसाइली, दावा तामांग, कोषाध्यक्ष दोर्जे डुक्पा, संग्रहकर्ता ललित राई, प्रमुख सलाहकार सबनम राई, प्रेम कुमार तामांग, अम्बर राई, लेखापरिक्षक निङमा दोर्जी शेर्पा आदिलाई चयन गरियो भने अन्यलाई कार्यकारिणी सदस्यको रुपमा चयन गरिएको छ ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles