Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

रक्तदान एवम नि:शुल्क स्वास्थ्य जाँच शिविर हुने

$
0
0
Blood donation camp
अहिंसा, त्याग र सेवाका प्रतिरुप गुरुजी १०८ मंगलदासजी महाराजको ३३वां पुण्य स्मृति दिवसको अवसरमा गुरुजी मंगल प्रभा सेवा समिति मङपुको आयोजनामा आगमी १ मईको दिन स्थानीय रङबी प्राथमिक पाठशालामा रेडक्रस सोसाइटी दार्जीलिंग एवम ब्लड बैंक दार्जीलिंगको संयुत सहयोगमा रक्तदान शिविर एवम रङबी खण्ड स्वास्थ्य केन्द्रबाट दुई जना चिकित्सकहरुको सहयोगमा नि:शुल्क स्वास्थ्य जाँच शिविर पनि सम्पन्न हुने भएको छ | स्वास्थ्य शिविरमा रक्त जाँच, प्रेसरको जाँच लगायत विभिन्न बिमारीहरुको जाँच गरी डाक्टरहरुले नि:शुल्क औषधि पनि वितरण गर्ने भएको छ | बिहान १० बजेदेखि हुने यस शिविरमा योग्य, सक्षम र रक्तदान जीवन दाङको भावना हुने रक्तदाताहरुलाई रक्तदानको निम्ति बिशेष प्रेरित गर्दै सबैलाई स्वास्थ्य लाभ उठाउन समितिले हार्दिक आग्रह साथै सुचित गरेको जानकारी समिति अध्यक्ष दिपेन थापा एवम सचिव सागर खवासबाट प्राप्त भएको छ ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles