Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

हिल तृणमूल कांग्रेसको सभामा ५५ जनाले झण्डा ग्रहण गरे

$
0
0
Hill Trinamool meeting in mungpoo
गत आइतबार यहाँको दिपक प्राथमिक पाठशाला भवनमा हिल तृणमूल कांग्रेस तक्दाह ब्लक सचिव पवन बलको सभापतिवमा एउटा महत्वपूर्ण सभा सम्पन्न भयो | सुरेन भुजेलले स्वागत सम्भाषण राखेको सभालाई सम्बोधन गर्दै मङपु स्तरीय सभापति केएस छेत्रीले भाषण मात्र होइन तर पार्टीको शासन प्रणाली राम्रो साथै पार्टी स्वस्थ्य हुन आवश्यक रहेको बताए | विगतको दिनहरुको चुनावहरुमा पार्टीलाई आघात पुगेपनि बर्तमान समय पार्टी झन मौलाएर आएकोले टीएमसी पार्टीको धरातल राम्रो भइसकेको बताए | यसरी पार्टीको धरातल राम्रो हुनु भनेको नागरिकमा राजनैतिक चेतना सृजना हुनु हो र राजनीतिमा नेताले जनताले काम अह्राउने गर्छ तर नेतालाई काम अह्राउन सक्नु राजनैतिक चेतना हो भनी सभापतिले जनाए | यसरी नै रोङचोङ जीपी सभापति बीएस राईले पनि सम्बोधन गर्दै गोर्खाल्याण्डको नाममा जनतालाई कोठामा थुनेर हिर्काउने कामहरु भएको, टीएमसीले बिकाशको कुरा गर्दा जाति विरोधी भनिएको, आइला पिडितहरुले एक रुपियाँ राहत नपाएको तर नेताहरुले भने चेक थापेको कुराहरु बताए भने गोर्खाल्याण्डकै आन्दोलनले गर्दा विधार्थी नानीहरुले राम्रो परिक्षाफल ल्याउन नसकेको, नारी मोर्चाले शिक्षक शिक्षिकाहरुलाई जुलुशमा लागेको कारण विधालयहरुमा पठन पाठन पनि राम्रो नभएको जनाए भने बर्तमान समय सिन्कोना बगान जीटीएको अधिनमा हुनु नै ठूलो दुर्भाग्य हो भनी जनाए | टीएमसी प्रतिनिधि नीलकुमार गुरुङले पनि आफ्नो सम्बोधनमा सिन्कोनाको सभासद आजसम्म सिन्कोना क्षेत्रमा अनुहार देखाउंदैन भने जनताले पनि उनलाई बिश्वास गर्नु हुँदैन भन्दै हामी सिन्कोनाबासीलाई गोर्खाल्याण्ड चाहिंदैन, यहाँ बगान बचाउननै मुश्किल छ यसैले सिन्कोनाबासीले सिन्कोनाको रक्षा गर्ने आह्वान गरे | युनियन सभापति संजय थापाले १९८६ को गोर्खाल्याण्डको आन्दोलनले जनताको भविष्य बिगारेको बताउंदै गोर्खाहरु एकछिनको सुखमा सबै दु:ख बिर्सिन्छ र यसरी बिर्सिनु नहुने बताउंदै टीएमसी पार्टीले गर्दाले युवाहरुले शिक्षकको नोकरी पाएको बताए | मोर्चाले श्रमिकबाट चन्दा उठाएर मासु लाने काम गरेको आरोप लगाउंदै मोर्चाकै शासनकालमा सिनियर श्रमिकहरुलाई मारेर जुनियरलाई पदोन्नति दिएको पनि खुलासा गरे | श्रमिकहरुको हितको निम्ति केवल टीएमसी पार्टी मात्र बोल्छ तर मोर्चाका नेताहरु खोला खेलेर मिनिस्टरलाई भेटेर आए भन्ने धाक पिट्छ भन्दै गोजमुमोले नै सिन्कोनाको अवस्था यस्तो बनाएको पनि जनाए | यसरी नै कर्मचारी संगठन सभापति हेमन्त रावतले पनि गोर्खाल्याण्डको नाममा नेताहरुले पटक पटक झुट बोल्ने काम मात्र गरेको बताउँदै सिन्कोना बगानलाई बचाउन सके सिन्कोनाबासीको निम्त त्यो नै गोर्खाल्याण्ड हो भनि बताए | जिल्ला कमिटि दार्जीलिंग हिल तृणमूल महिला संगठन रेजिना गुरुङले सम्बोधन गर्दै हामी गोर्खाल्याण्ड भन्दा भन्दै ममता दिदीको शरण लिन बाध्य भयो, केवल ममता दिदीले मात्र दार्जीलिंगको समस्या समाधान गर्छ यसरै यत्रो बिकासको कामहरु भएको जनाए | मोदीले भनेको गोर्खाहरुको सपना मेरो सपना केवल सपनानै भएर गएको बताउंदै त्यो अन्याय र अत्यचार भएर नै टीएमसीले बहाली गरेको जनाए |
कर्मचारी संगठन केन्द्रीय समिति सभापति किरण ब्लोनले पनि आफ्नो सम्बोधनमा मुख्यमन्त्रीले जे प्रतिज्ञा गरे त्यो पुरा गरिन भन्दै जुन पार्टीमा ज्यादा सुसारे हुन्छ त्यहाँ जनताको सुनवाई हुँदैन भनी बताए | मङपुले सबै चिन्न सक्छ तर राजनीति छान्न सक्दैन त्यही भएर भूतपूर्व एमएलए मन्त्री बन्न नसकेको बताए | सभालाई रेखामणि गुरुङ, बिश्व बोम्जन आदिले पनि सम्बोधन गरेका थिए भने यही सभाबाट मङपुका विभिन्न क्षेत्रहरुबाट जम्मा ५५ जनाले टीएमसी पार्टीको झण्डा ग्रहण गरेको थिए ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles