लाब्दा सिन्कोना बगान अधिनस्थ आज पर्यान्त कार्यरत दसदिने अनि बीसदिने सिजनल लेबरहरुले स्थायी हुने दिन गन्दा गन्दै महिनापछि वर्षहरु बितेपछि स्थायीकरणको माग तीब्र गर्न एउटा अराजनैतिक संगठन खडा गरेको छ | आज यहाँको गन्तीघर परिसरमा अस्थायी मजदुर अम्बिका खरेलको अध्यक्षतामा एउटा सभा बसी सिजनल लेबर संगठन गठन गरेको छ | यो संगठनले आगमी दिनहरुमा आफूहरुलाई झट्ट स्थायी बनाउनु पर्ने मागमा सम्पूर्ण सिन्कोना विभागहरुको अस्थायी मजदुर संगठनहरुसित सभा गर्दै सामुहिकरुपमा स्थायीकरणको माग उठान गर्ने निर्णय लिएको छ | सभामा सिन्कोना बगानमा राजनैतिक दलका युनियनहरुले विभिन्न आशा देखाउंदै राजनीति गरेको कारण नै आज मजदुर, श्रमिक अनि सिन्कोना बगानले यस्तो दुर्दशा भोग्न परेको कुराहरु माथि व्यापक चर्चा भयो भने सिन्कोना बगानका हरेक विभागहरुमा यदि यस्तै अराजनैतिक संगठनहरु मात्र खडा गरिए भविष्यमा लाटा सिधा अनि निमुखा मजदुर श्रमिकहरु यस्ता राजनैतिक युनियनहरुको षड्यन्त्रको शिकार हुने थिएन भन्ने पनि चर्चा भयो | राजनैतिक युनियनहरुको भाइ भतिजावाद र काखी चेपाईको फलस्वरूप नै आज हरेक बगानमा लाटा सिधा मजदुरहरु बीस तीस वर्ष काम गर्दा पनि अन्तमा मजदुरमै अवकाश लिने गर्छ भने चंखो बाठोहरु आठ दश वर्ष काम गरेपछि पदोन्नति भएको तितो सत्य माथि पनि व्यापक चर्चा आजको सभामा गरियो | हालैमा सिन्कोना विभागमा लेबर स्ट्रेन्थ बेसी भएको कारण यी सिजनल लेबरहरुलाई बन्द गर्ने हल्ला पनि फैलन थालेकोले संगठनले यसलाई गम्भीरतापुर्वक लिएर नै अब हरेक बगानका मजदुरहरु सजक बसी आउँदो दिनहरुको निम्ति तयार हुन एकमुष्ठ भइ काम गर्नु आवश्यक रहेको अव्गात गराइयो | सिन्कोनाको आफ्नै कन्भेन्शनल रुल अनुसार पाएको बदला काम यदि यसरी अचानक बन्द भए बर्तमानको सिजनल लेबर मात्र नभएर आउँदो सम्पूर्ण श्रमिक, मजदुरहरुको पनि बदला काम बन्द हुने खतराले यसमा सिजनल लेबर मात्र नभएर सम्पूर्ण सिन्कोना बगानबासी नै सचेत भइ आघि आउन पर्ने समय आएको संगठनले अनुभव गरेको छ |
सिन्कोना बगानको निम्ति यसको निर्देशक नै राजा हुन् र उनलाई छोडी हामी राजनैतिक दल अनि युनियनहरुको सहारा लिने हुँदा नै निर्देशकलाई पनि कति प्रशासनिक कामकुरो गर्न असुविधा हुन सक्ने साथै स्थायीकरणमा बिलम्ब भएको अड्कल गरि अब कुनै युनियनहरुको आशा नगरेर समस्त सिन्कोना बगानका मजदुरहरुले आफै नै अघि सरि आफ्नो हक र अधिकार खोज्ने समय आएको कुरो बक्ताहरुले जनाए | बस्तुत: हालै सिन्कोनाकै सहायक संगठन पनि आफ्नो पदोन्नतिको निम्ति आन्दोलित रहेको कारण जबसम्म उनीहरुको पदोन्नति हुँदैन तबसम्म अस्थायी मजदुरहरुलाई स्थायी गर्न सम्भव नहुने बुझेर अब यस संगठनले सामुहिक रुपमा सिन्कोना सहायक संगठनको मागलाई समर्थन गर्दै खुल्ला सहयोग गर्ने पनि सभाले निर्णय लिएको छ | यसको निम्ति संगठनले सिन्कोनाका सम्पूर्ण सहायक संगठन, अस्थायी मजदुर संगठनहरुसित पत्रचार गर्दै एउटा महा संगठन खडा गरि आउँदो दिनहरुमा अझ तीब्र आन्दोलन गर्न सडकमा ओर्लने पनि योजना तयार गरेको छ | आज गठन गरिएको संगठनले केही दिन भित्र नै आफ्नो मागहरु लिएर विभागीय ग्याङमेन, सिन्कोना व्यवस्थापक साथै निर्देशक समक्ष माग पत्र चडाउने भएको छ भने नवगठित संगठनमा सभापति अल्वर्ट तामांग, सहसभापति शरण मोहरा, सचिव राजेश थापा, सहसचिव प्रवेश राई, कोषाध्यक्ष आशिष राई, लेखापरिक्षक प्रणय राई लगायत कार्यकारिणी सदश्यहरुमा बुद्ध पाख्रीन, पुजन पाख्रीन, समर मोक्तान, निलिमा राई, पन्ना तामांग, आशा राई, सोनी राई, कन्चन राई, पेमा डोमा भोटिया, रुपेश पाख्रीन, फिलिप राई, दिपेश राई, दिव्या बोम्जन, मनोज मोहरा, प्रभात तामांग, सुर्यकला तामांग अनि भाबिता राईलाई चयन गरिएको छ ||