Quantcast
Viewing all articles
Browse latest Browse all 3853

स्वास्थ्य साथीको फोटो खिचाई कार्यमा आपत्ति

बर्तमान विभिन्न ठाउँहरुमा अनेकन गैरसरकारी कम्पनीहरुले विभिन्न बिमाहरुको नाम गर्दै साधारण जनतामाथि ठगेको समचारहरु पत्र पत्रिका मार्फत पडन पाउँछौँ | यही सन्दर्भमा गत गुड फ्राईडेको दिन स्थानीय रेशेप ग्राम पंचायत कार्यलयमा स्वास्थ्य साथी नाम गरेको स्वास्थ्य सेवा कल्याण योजना अनुरुप स्थायी स्वय सेवी संघहरुलाई प्राथमिकता दिई फोटो खिचिने कार्यमाथि मङपुका एक शिक्षक मिरेन लामाले आपत्ति जनाएको छ | उनको भनाइ अनुसार बिगतमा पनि यो कार्यक्रम जनसाधारणलाई केन्द्र गरी राष्ट्रीय स्वास्थ्य बीमा योजना अन्तर्गत प्रति व्यक्ति तीस रुपियाँ गरि फोटो खिचेर सत्रवटा नम्बर भएको एउटा कार्ड दिने काम भएको थियो | त्यस समय पनि आर्थिक विपन्न परिवारलाई स्वास्थ्य परिसेवामा धेरै छुट दिइने आयोजक निकायद्वारा आस्वासन सहित प्रति व्यक्ति तीस रुपियाँ लिएर फोटो खिचिने कार्य भयो | धेरैले पछिबाट स्वास्थ्य परिचय कार्ड प्राप्त गरे भने कतिले पाएन पनि | त्यस समय पनि दुई तीन भाई बंगाली समुदायबाट फोटो खिच्न आएका थिए तिनीहरुबाट आंशिक जानकारी लिन चाहँदा हामी हाजिरामा प्राइवेट कम्पनीको काम गर्ने हौँ यस उप्रान्त हामीलाई धेर जानकारी दिने अनुमति छैन भन्ने उतर पाइएको थियो | बिशेष: केन्द्र सरकार, राज्यसरकार द्वारा प्रायोजित जनकल्याण कार्यक्रममा जनताले तीस रुपियाँ, बीस रुपियाँ गरी आर्थिक भागीदारी दिनपर्छ भन्ने कहीं कतै उल्लेख छैन | व्यक्तिगत रुपले धेरै तहसम्म तलाश गर्दा पनि आर्थिक संग्रह उचित छैन भन्ने परामर्श प्राप्त भयो | रेशेप ग्राम पंचायतमा यस्तो धेरै चोटि स्वास्थ्य बिमा योजना लगायत अन्य कार्यक्रमहरु जुन जनकल्याण विभाग, केन्द्रीय सरकार, राज्य सरकार अन्तर्गत हुने गर्छ जसमा जनतालाई यसरी बीस रुपियाँ कहिले तीस रुपियाँ गरेर आर्थिक बोझ दिने गरिन्छ यो यथाशीध्र बन्द गरिन पर्छ अथवा जनता स्वय सचेत भइ यस्ता जनकल्याण योजना अन्तर्गत प्राप्त कार्यक्रममा आर्थिक भागीदारी जनताले नै बन्द गर्नपर्छ | राष्ट्र हाम्रो, राज्य हाम्रो, जिल्ला हाम्रै, ग्राम पंचायत पनि हाम्रो हो | हाम्रो सामाजिक उत्थानको निम्ति केन्द्र सरकार द्वारा स्थापित निकायले हामीबाट आर्थिक अनुदान लिन्छ भने प्रत्येक नागरिकले प्रतिवाद गर्न जरुरी छ | यसपल्ट स्वास्थ्य साथी नाम गरेको दुई दिवसीय कार्यक्रममा पनि प्रति व्यक्ति बीस रुपियाँ गरि संकलन गरेको जानकारी साथै प्रमाण भयो | जनताले बीस रुपियाँ तिरेर राष्ट्रीय स्वास्थ्य बीमा योजनाको परिचय पत्र खिंच्न पर्छ भने सम्बन्धित मन्त्रालयले दिइएको जनकल्याण योजना राशी कसले कहाँ प्रयोग गर्यो जनतालाई खुलस्त गर्नपर्छ भन्दै शिक्षक मिरेन लामाले जनहितमा एउटा विज्ञप्ति जारी गरेको छ ||

Viewing all articles
Browse latest Browse all 3853